काठमाडौँ । पाल्पामा बस दुर्घटना भएको छ । गुल्मीबाट बुटवल आउँदै गरेको लु १ ख ५९५२ नम्बरको बस पाल्पाको रिब्दीकोट गाउँपालिका २ मा दुर्घटना भएको हो ।
स्थानीयबासीको अनुसार दुर्घटनाबाट ६ जनाको मृत्यु भएको छ । प्रहरीले यसबारे थप विवरण आउन बाँकी भएको जनाएको छ ।
घाइतेहरूको उपचारका लागि लागि पाल्पाको प्रभास मेडिकलमा पठाइएको प्रहरीले जनाएको छ । अहिले उद्धार भइरहेको छ ।
उक्त स्थानमा यसअघि मलामी बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको थियो ।