काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा नेपालमा ३४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कूल तीन हजार ८८८ जनाको स्वास्थ्य परिक्षण गर्दा ३४७ जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै, सोही अवधिमा ९५ जना संक्रमित निको भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या तीन हजार १७७ रहेको मन्त्रालयले जनाएको छ ।