सर्लाही । जिल्लाको हरिवन नगरपालिका ११ स्थित कार्की पुस्तक पसलअगाडि एक हजार दरको ५० थान नेपाली नक्कली नोटसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत सितामढी सोनवर्षा परछुहिया ९ घर बताउने ४० वर्षीय लालमोहन पासवान रहेका छन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनलाई उक्त नोटहरूसहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।