काठमाडौँ । तीन वर्षीया बालिकालाई बलात्कार गरी हत्या गर्ने प्रयास गरेकोमा १४ वर्षीय बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको बबई गाउँपालिका ५ का बालक रहेका छन् ।
उनले सोही पालिकाकी तीन वर्षीया बालिकालाई शनिबार बलात्कार गरी भिरबाट खसालिदिएका थिए । १४ वर्षीय बालकले बलात्कार गरी बालिकालाई भिरबाट खसालेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बालकले बालिकाको सुनको मुन्द्रासमेत निकालेका प्रहरीले जनाएको छ । बालिकाको परिवारले शनिबार साँझ खबर गरेसँगै बालकलाई पक्राउ गरेको हो ।
पीडित बालिकालाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।