जेनेभा- विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले मंकिपक्स संक्रमणलाई ‘ग्लोबल हेल्थ इमर्जेन्सी’ घोषणा गरेको छ।
‘ग्लोबल हेल्थ इमर्जेन्सी’ डब्लूएचओको सबैभन्दा ठूलो अलर्ट मानिन्छ। मंकिपक्सको संक्रमण तीव्र गतिमा फैलिन थालेपछि डब्लूएचओले यस्तो अलर्ट जारी गरेको हो।
डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अदानाम गेब्रेयसेससले मंकिपक्स ७५ मुलुकमा पुगिसकेको जानकारी दिए। उनका अनुसार हालसम्म १६ हजारजना संक्रमित भइसकेका छन् भने तीमध्ये पाँचजनाको मृत्यु भएको छ। यससँगै अहिले ‘ग्लोबल हेल्थ इमर्जेन्सी’ घोषित दुईवटा महामारी देखिएका छन् : कोभिड-१९ र मंकिपक्स।