मुम्बई- बलिउड अभिनेता सलमान खानले आफ्नो ज्यान मार्ने धम्की प्राप्त भएपछि प्रहरी प्रशासनसँग हतियारको लाइसेन्स माग गरेका छन्।
मुम्बईका प्रहरी आयुक्त विवेक फनसालकरसँग शुक्रबार भेटेरै सलमानले हतियार राख्न पाउने लाइसेन्सका लागि निवेदन दिएका हुन्। समाचार एजेन्सी एएनआईका अनुसार हालै धम्कीपूर्ण पत्र पाएपछि सलमानले मुम्बई प्रहरी आयुक्तको कार्यालयमा आत्मरक्षाका लागि हतियारको लाइसेन्स उपलब्ध गराउन आवेदन दिएका हुन्।
केही दिनअघि सलमानलाई हत्या गर्ने धम्कीपूर्ण पत्र प्राप्त भएको थियो। पञ्जाबी गायक सिद्धु मुसेवाला हत्याकाण्डमा पक्राउ परेका १९ वर्षीय सौरभ महाकालले उक्त पत्र लरेन्स बिस्नोईको गिरोहका सदस्य बिक्रम बराडले लेखेको बयान दिएका छन्। मुम्बई र महाराष्ट्र प्रहरीले पनि उक्त पत्र बिस्नोईले पठाउन लगाएको पुष्टि गरेका छन्।