काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जामा भइरहेको केन्द्रीकरणलाई नियन्त्रण गर्ने भएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्जा नियन्त्रण गर्ने बताएका हुन् ।
केन्द्रीय बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमार्फत मौद्रिक नीति सार्वजनिक गरिएको हो । कोरोना कालमा दिइएको पुर्नकर्जाको सुविधालाई केन्द्रीय बैंकले हटाएको छ । पुर्नकर्जाको सुविधामा आवश्यकको प्रबन्धमा केही संशोधन गरिएको उनले जानकारी र्दिए ।
रुस र युक्रेन युद्धले परेको वैदेशिक चापले आन्तरिक रुपमा समेत समस्या परेको अवस्थामा सात महिनासम्मको वस्तु तथा सेवा आयात धान्ने गरी वैदेशिक मुद्राको सञ्चिति कायम राख्ने नीति केन्द्रीय बैंकले लिएको छ ।
सरकारले चालु आवको बजेटमा आठ प्रतिशत बराबरको आर्थिक वृद्धि र मूल्य वृद्धिको सीमा सात प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको सन्दर्भमा मौद्रिक नीतिले त्यसलाई ध्यान दिएको छ । उत्पादनमूलक क्षेत्रमा जाने कर्जालाई सहजीकरण गर्ने मौद्रिक नीतिको लक्ष्य रहेको छ ।
शेयर कर्जाको अधिकतम सीमा १२ करोड बराबरको ऋण लिन पाउने व्यवस्था गरिएको छ । मौद्रिक नीति सार्वजनिक कार्यक्रम जारी छ ।