Wednesday, August 10, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

७५ वर्षपछि जन्मघर फर्किइन् ९० वर्षकी रिना, भारत-पाक विभाजनमा छुटेको थियो सम्बन्ध

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ साउन ६ गते, १४:५० बजे प्रकाशित
in विश्व/भूराजनीति
0
७५ वर्षपछि जन्मघर फर्किइन् ९० वर्षकी रिना, भारत-पाक विभाजनमा छुटेको थियो सम्बन्ध

९० वर्षीया रिना बर्मा

227
SHARES
Share on FacebookShare on Twitter

इस्लामावाद- भारत-पाकिस्तान विभाजनको त्रासद क्षणमा जन्मघर छाडेकी ९० वर्षीया रिना बर्मा ७५ वर्षपछि आफ्नो थातथलोमा फर्केकी छन्। गत बुधबार उनी पाकिस्तानको रावलपिण्डीस्थित जन्मघर पुगेकी हुन्।

भारतको पश्‍चिमी शहर पुणेबाट रावलपिण्डीसम्मको यात्रामा उनी कम रमाएकी थिइनन्। रावलपिण्डीको कलेज रोडस्थित घर पुग्दै गर्दा उनलाई स्थानीय बासिन्दाले पुष्‍पवृष्‍टि गरे। उनको आगमनको खुशी मनाउन ढोल बजाए, नाचे, गाए।

बर्माको परिवारले सन् १९४७ मा उक्त घर छाडेको थियो। भारत र पाकिस्तान अलग मुलुक भएको घोषणा हुनु एक साताअघि उनको परिवार आफ्नो थातथलोबाट विस्थापित भएको थियो। भारत-पाकिस्तान विभाजनको त्यस समयमा चलेका साम्प्रादायिक हिंसाबाट बच्‍न रिनाको परिवारले पाकिस्तान छाड्यो। भारत-पाकिस्तान विभाजनको त्यो त्रासदी विश्‍व इतिहासमै अंकित छ। यो संसारको हालसम्मकै सबैभन्दा ठूलो ‘माइग्रेसन’ हो।

त्यसबाट खासगरी अहिले भारत र पाकिस्तान दुवैतिर पर्ने पञ्‍जाब क्षेत्र सबैभन्दा बढी प्रताडित भएको थियो। ती हिंसामा कतिले ज्यान गुमाएका थिए भन्‍ने अहिलेसम्म यकिन आँकडा छैन। लाखौं मानिसले आफ्नो थातथलो छाडे, लाखौं मारिए।

९० वर्षीया रिनाले अझै भुलेकी छैनन्, हिंसाको त्यो त्रासद क्षण। अझै उनी आफ्नो जन्मथलोमा बिताएको बाल्यकालको सम्झना गरिरहन्छिन्। उनी जन्मेको घर उनका बाबुले निर्माण गराएका थिए।

सन् २०२१ मा रिना एकाएक सामाजिक सञ्‍जालमा चर्चित बनिन्। एक अन्तरवार्तामा उनले पाकिस्तानमा पर्ने आफ्नो जन्मघर कस्तो होला भनी नियास्रो व्यक्त गरिन्। र, आफ्नो बाल्यकालको मिठो सम्झना गरिन्।

त्यसपछि फेसबुकमा ‘इन्डिया-पाकिस्तान हेरिटेज क्लब’ नाममा ग्रुप खोलेर अभियानकर्ताहरूको उनको जन्मघर खोज्‍न थाले। र, एक महिला पत्रकारले उनको रावलपिण्डीस्थित घर पत्ता लगाएरै छाडिन्।

तर, गत वर्ष रिनाले पाकिस्तान जान पाइनन्। कारण- कोभिड-१९ को बढ्दो प्रभावले यात्रा प्रतिबन्धित थियो। गत मार्चमा मात्र उनले पाकिस्तान जान भिसाको आवेदन दिइन्। तर, पाकिस्तान सरकारले उनको भिसा आवेदन कुनै कारण नखुलाई ‘रिजेक्ट’ गरिदियो।

भारत-पाकिस्तानजस्ता एकअर्काका दुष्‍मन मुलुक संसारमै थोरै मात्र छन्। त्यसको डोरो पनि त्यही सन् १९४७ को विभाजन र त्यसक्रममा भएका हिंसाका घटना नै हुन्। दुवै मुलुकले पटक-पटक आमनेसामने भएर युद्ध लडिसकेका छन्। त्यसैले दुवै मुलुकका नागरिक एकअर्का देशमा स्वतन्त्र ढंगले हिँडडुल गर्न पाउन पनि मुस्किल छ।

‘इहलीला समाप्त हुनुअघि मैले आफ्नो जन्मघर पनि देख्‍न पाउँदिनँ भन्‍ने कल्पना पनि गरेकी थिइनँ। म त निराश भएकी थिएँ। भिसा आवेदन अस्वीकृत हुन्छ भन्‍ने सोचेकी पनि थिइनँ। मेरा लागि त्यो अकल्पनीय थियो। तर, भयो त्यस्तै,’ उनी भन्छिन्।

तर, उनले आशा त्यागिनन्। फेरि आवेदन दिने निर्णय गरिन्। फेरि भिसाको आवेदन दिनुअघि एक पाकिस्तानी मन्त्रीको भनाइमा उनका नजर गढे। ती मन्त्रीले रिनाको आवेदनमाथि तत्काल कारवाही अगाडि बढाउन निर्देशन दिए, दिल्लीस्थित पाकिस्तानी उच्चायोगलाई। ‘तत्कालै पाकिस्तानी उच्चायोगबाट मलाई फोन आयो र भिसा लिन आउन बोलाइयो। त्यो केही दिनभित्रै भयो,’ उनी सम्झिन्छिन्।

उनले भिसा त पाइन्। तर, चुनौति अझै बाँकी थिए। मौसम अत्यधिक गर्मीको थियो। त्यतिबेलै उनले आफ्नो छोरालाई पनि गुमाउनु पर्‍यो। र, केही महिनापछि एक्लै जन्मघर पुग्ने इरादा लिइन्।

उनका लागि यो प्रतीक्षा कष्‍टदायी थियो। तर, यात्रामा बिरामी पर्न सक्ने जोखिम उठाउन पनि उनी सक्दिनथिन्। उनको प्रतीक्षाको घडी समाप्त भयो। अनि, उनी १६ जुलाईमा पाकिस्तान पुगिन्।

र, २० जुलाईमा उनी रावलपिण्डीको आफ्नो जन्मघर पुगेरै छाडिन्। घर पुग्दा उनले रंगिन कपडा पहिरिएकी थिइन्। उनका आँखा झुम्काजस्तै चम्किएका थिए। घर पुगेर कागती पानी पिउँदै उनले आफ्नो यात्रा अनुभव सुनाइन्, ‘यो तीतो-मिठो दुवै थियो। म यस खुशीको पललाई आफ्नो परिवारसँग बाँड्न चाहन्थें, तर उनीहरू सबै गइसके (मृत्यु भइसक्यो)। म आज अत्यधिक खुशी छु। तर एक्लोपन महशुस भइरहेको छ।’

उनले सन् १९४७ को गर्मीयाममा आफ्नो जन्मघर छाडेकी थिइन्। उनी र उनका दिदी-बहिनीहरूले कहिल्यै जन्मघर फर्किन पाइने सोचेका थिएनन्।

‘मेरी एक दिदीले अमृतसरमा विवाह गरेकी थिइन्। मेरा भिनाजु अप्रिल १९४७ मा रावलपिण्डी आएका थिए। र, मेरो बुवालाई हामीलाई आफूसँग पठाउनु आग्रह गरे। हिंसा बढ्दो थियो। त्यसैले सोही गर्मीयामलाई हामीलाई बुवाले सिमला पठाउनुभयो,’ उनी सम्झिन्छिन्, ‘हाम्रा बाबुआमाले तत्काल घर छाड्न मानेनन्। तर, केही सातापछि उनीहरू पनि सिमला पुगे। अनि हामीले विभाजनलाई स्वीकार्यौं। तर, मेरी आमाले त्यसलाई सहजै स्वीकारिनन्। उनी आफूहरू पहिले अंग्रेजको राजमा भएको र अब मुस्लिम राज स्वीकार्नुपर्ने ठान्थिन्। मुस्लिम राज स्वीकारेपछि हामीलाई कसरी घरबाट निकाल्छन् भन्थिन्।’

तर, उनीहरूलाई घरबाट हठात् निकालियो। अनि शरणार्थीका रूपमा बस्न रावलपिण्डीमै अलग टहरो दिइयो। उनकी आमाले त्यो टहरो स्वीकार्न सकिनन्। उनी सोच्थिन्, टहरोमा बस्न स्वीकारेपछि आफ्नो घर कहिल्यै फिर्ता दिने छैनन्। भयो पनि त्यस्तै। आखिर रावलपिण्डी पाकिस्तानमा पर्‍यो।

जब रिना बर्मा आफ्नो बाल्यकाल बिताएको जन्मघरमा प्रवेश गरिन्, संवाददाताहरूलाई बाहिरै रोकियो। पहेंलो र हरियो रंगबाट उनको घर भरखरै रंग्याइएको थियो। घर केही आधुनिक देखिन्थ्यो, तर ढाँचा पुरानो थियो। स्थानीय बासिन्दाहरू रिनालाई देख्‍न र उनीसँग सेल्फी खिच्‍न बाहिर सडकमा जम्मा भएका थिए। रिना बर्माले केही घण्टा घरभित्रै बिताइन्। जब उनी बाहिर निस्किइन्, एक दर्जनभन्दा बढी क्यामेराका लेन्स उनीतिरै सोझिएका थिए।

चर्को गर्मी थियो। सडकमा भीडभाड देखिन्थ्यो। तर, आफूलाई घेरिरहेको उन्मादी भीडबाट रिना बर्मा बिलकुल अप्रभावित देखिन्थिन्। संवाददातालाई उनले आफ्नो घर उस्तै रहेको प्रतिक्रिया दिइन्। घरमा जडित टाइल, छत, चिम्‍नी उस्तै देखिन् उनले। उनले एकपटक बाल्यकालको सुन्दर जीवन सम्झिइन्। र, आफूले गुमाइसकेका आफ्ना प्रियजनलाई सम्झिइन्।

‘मेरो दिल खुशी छ। र, मैले वर्षौं प्रतीक्षा गरेको यो दिन अनुभव गराइदिएकामा आभारी छु,’ उनले भनिन्। उनको यस यात्राले भारत र पाकिस्तानको लामो तिक्ततापूर्ण सम्बन्धलाई एकपटक झड्का दिएको छ। भारत र पाकिस्तान दुवैतिर अझै पनि घृणाको राजनीति व्याप्त छ। तर, अब त्यस घृणालाई प्रेममा बदल्नुपर्ने आवाज रिनाको घरफिर्ति यात्रासँगै सामाजिक सञ्‍जालमा उठेको छ।

(बीबीसी डट को डट यूकेबाट)

Previous Post

गृहमन्त्री खाँणले प्रतिनिधिसभामा प्रस्तुत गरे नागरिकता विधेयक

Next Post

एआईजी आचार्य सवार गाडी दुर्घटना

Related Posts

भारत बिहार चुनाव: नेपाल बाछिटा
विश्व/भूराजनीति

नितीश कुमार २२ वर्षमा आठौंपटक बिहारको मुख्यमन्त्री

२०७९ साउन २५ गते, १५:०७ बजे प्रकाशित
रुसले कब्जा गरेको क्रिमियामा शक्तिशाली विष्फोट
विश्व/भूराजनीति

रुसले कब्जा गरेको क्रिमियामा शक्तिशाली विष्फोट

२०७९ साउन २५ गते, ७:४१ बजे प्रकाशित
मरुभूमिको मुलुक यूएईमा भिषण वर्षा, जनजीवन अस्तव्यस्त
विश्व/भूराजनीति

मरुभूमिको मुलुक यूएईमा भिषण वर्षा, जनजीवन अस्तव्यस्त

२०७९ साउन २५ गते, ६:४७ बजे प्रकाशित
भारत बिहार चुनाव: नेपाल बाछिटा
विश्व/भूराजनीति

नितीश कुमारले फेरि गरे मुख्यमन्त्रीमा दाबी पेश, १६५ विधायकको समर्थन

२०७९ साउन २४ गते, १९:३६ बजे प्रकाशित
भारत बिहार चुनाव: नेपाल बाछिटा
विश्व/भूराजनीति

भाजपासँगको गठबन्धन तोड्न बिहारका मुख्यमन्त्री नितीश कुमारको राजीनामा

२०७९ साउन २४ गते, १६:४७ बजे प्रकाशित
सुजी र मैदाको निर्यातमा प्रतिबन्ध लगाउँदै भारत
विश्व/भूराजनीति

सुजी र मैदाको निर्यातमा प्रतिबन्ध लगाउँदै भारत

२०७९ साउन २४ गते, १५:१३ बजे प्रकाशित
Next Post
एआईजी आचार्य सवार गाडी दुर्घटना

एआईजी आचार्य सवार गाडी दुर्घटना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १९:३८ बजे प्रकाशित
0

कुलमान घिसिङले भने- मलाई विवादमा ल्याउन नक्कली ट्‍विटरको प्रयोग भइरहेको छ

कुलमान चमत्कार : विद्युत प्राधिकरणलाई दिलाए उच्च नाफा

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १९:२२ बजे प्रकाशित
0

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

by रेश्मा सिंह
२०७९ साउन २५ गते, १८:४४ बजे प्रकाशित
0

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १७:५८ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2195 shares
    Share 878 Tweet 549
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    390 shares
    Share 156 Tweet 98
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • पूर्वी पहाडभरि बिजुली कुवा !

    242 shares
    Share 97 Tweet 61
  • सिटी स्टोरी : त्यो धुले धनगढी, यो प्रदेश राजधानी !

    215 shares
    Share 86 Tweet 54

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana