कोलम्बो- श्रीलंकाका राष्ट्रपति रनिल बिक्रमासिंघले दिनेशभन्द्र रुपासिंघे गुणवर्देनालाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन्।
नवनियुक्त प्रधानमन्त्री गुणवर्देनाले शुक्रबार बिहान नै सपथ ग्रहण गरेका छन्। ७३ वर्षीय गुणवर्देना ‘महाजना एकसाथ पेरामुना’ नामक पार्टीका नेता हुन्।
यसअघि उनले श्रीलंकाको विदेश मन्त्री र शिक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।