काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर थप ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ९८१ जनाको पिसिआर परीक्षण गर्दा ३४० र एन्टिजेन विधिबाट ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा ४६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार २७६ पुगेको छ ।