झापा- एकीकृत समाजवादीका मेचीनगर उपाध्यक्ष, वडा कमिटी अध्यक्षसहितको सिंगो टिम, कांग्रेस र राप्रपाका नेता-कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन्।
एकीकृत समाजवादीका मेचीनगर उपाध्यक्ष चेतराज बिष्ट (चेतन), वडा नम्बर १५ का अध्यक्ष प्रकाशदीप सोरेन, उपाध्यक्ष कल्याणकुमार मगर र कृष्ण दाहाल, सचिव रुहिदास राजवंशी तथा समाजवादी युवा संघका मेचीनगर अध्यक्ष रोहित कट्टेलसहित २५ जना सिंगो कमिटी एमालेमा प्रवेश गरेका हुन्।
यस्तै, कांग्रेसका जग्गनाथ कट्टेल, राप्रपाका उमानाथ गौतमको नेतृत्वमा अन्य नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका थिए।
उनीहरूलाई एमाले केन्द्रीय सदस्य तथा झापा सहइन्चार्ज रविन कोइराला, प्रदेश-१ का सांसद श्रीप्रसाद मैनाली, एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य भीम खवास, मेचीनगर इन्चार्ज देवकुमार राई, नगर अध्यक्ष राजु पोखरेललगायतले पार्टीमा प्रवेश गराएका थिए।