काठमाडौं– एसियन गेम्सको नयाँ मिति तय भएको छ ।
२०२२ मा स्थगित भएको एसियन गेम्स अब २०२३ मा सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म हुनेछ ।
ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)ले मंगलबार एसियन गेम्सका लागि नयाँ मिति तय गरेको हो । एसियाडसमेत भनिने १९औं एसियन गेम्स चीनको होङझोउमा हुने छ ।
एसियन गेम्स यसअघि २०२२ सेप्टेम्बर १० देखि २५ सम्म आयोजना हुने तय थियो । तर कोभिड–१९ को कारण स्थगित भएको थियो ।