काठमाडौं- कांग्रेसले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि पाँचदलीय गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ।
पछिल्लो केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले गठबन्धनका पक्षमा निर्णय लिएको हो। पार्टीलाई प्रष्ट बहुमत प्राप्त हुने गरी गठबन्धनलाई निरन्तरता दिने कांग्रेसको निर्णय छ।
त्यसका लागि गठबन्धनका दलहरूसँग संवाद गरेर चुनावी तालमेल गर्ने निर्णय पनि कांग्रेसले गरेको छ।
‘संविधानको रक्षा र लोकतन्त्रलाई थप सुदृढीकरण गर्दै जनताको समुन्नतिका सपनालाई स्थिर सरकारमार्फत सम्बोधन गर्न केन्द्रीय समितिको यो बैठक सत्ता गठबन्धनमा रहेका दलहरूसँग संवाद गरी चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्छ,’ निर्णयमा भनिएको छ।