काठमाडौँ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले ८० जना करारका कर्मचारीको नियुक्ति नवीकरण नगर्ने भएको छ ।
गाउँपालिकाको हालको वित्तीय अवस्था कमजोर भएको भन्दै करारमा नियुक्त कर्मचारीको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको गाउँपालिकाद्वारा जारी सूचनामा उल्लेख छ ।
शुक्रबार अबेर बसेको कार्यपालिका बैठकले करार कर्मचारीको म्याद थप नगर्ने निर्णय गरेको गाउँपालिकाकाले जनाएको छ ।