काठमाडौँ । भक्तपुरमा आफ्नै घरभित्र जलेको अवस्थामा एक वृद्ध फेला परेको छ । चाँगुनारायण नगरपालिका २ फक्सिङटारमा स्थानीय ८४ वर्षका जगतप्रसाद शिल्पकार जलेर मृत्यु भएको अवस्थामा फेला परेको हो ।
वृद्धको शव कम्मरदेखि मुनीको भाग जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार उनी भुइँतलामा एक्लै बस्दै आएका थिए । उनका छोरा बुहारी माथिल्लो तलामा बस्दै आएका थिए ।
वृद्धको मृत्यु के कारणले भन्नेबारे खुल्न नसकेको प्रहरीले जनाएको छ । वृद्ध अवस्था भएकाले चुरोट खाँदा लुगामा आगो लागेको हुन सक्ने प्रहरीले जनाएको छ ।