कोलम्बो- श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले पदबाट राजीनामा दिएका छन्।
बिहीबार राति संसदका सभामुखलाई इमेलमार्फत उनले राजीनामा पठाएको सभामुखलाई उद्धृत गर्दै कोलम्बोबाट प्रकाशित हुुने डेली मिररले जनाएको छ।
सबै कानूनी प्रक्रिया पूरा गरेर संसदका सभामुख महिन्दा यापा अबेवार्देनाले शुक्रबार मात्र गोटाबायाले पठाएको राजीनामाबारे औपचारिक जानकारी दिने भएका छन्।