काठमाडौँ । आज सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला तोलामा ५ रुपैयाँले बढेको जनाएको हो ।
योसँगै, छापावाल सुनको मूल्य ९४ हजार ६०० रुपैयाँ कायम हुँदा तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार १०० रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला ११ हजार ८० रुपैयाँ कायम भएको छ ।