Saturday, August 13, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

बाबुराम पक्षको दाबी : जसपाका केन्द्रीय सदस्य र सांसद ४० प्रतिशतभन्दा बढी आफ्नो पक्षमा

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ असार २८ गते, १६:२५ बजे प्रकाशित
in देशभर
0
बाबुराम पक्षको दाबी : जसपाका केन्द्रीय सदस्य र सांसद ४० प्रतिशतभन्दा बढी आफ्नो पक्षमा
171
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- जसपाका ४० प्रतिशतभन्दा बढी सदस्यले आफ्नो पक्षमा हस्ताक्षर गरेको संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले दाबी गरेको छ।

मंगलबारदेखि काठमाडौंमा शुरु भएको बैठकमा २३५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेको डा. भट्टराई पक्षका नेता उमेश साहले बताए। यो संख्या अझै बढ्नसक्ने उनको भनाइ छ।

उनको दाबीअनुसार दिउँसो ३ बजेसम्म संघीय परिषदबाहेक २३५ जना केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन्। ‘अरू साथीहरू आउने क्रम जारी छ, संख्या बढ्नसक्छ,’ उनले भने।

यो संख्या जसपाका कुल केन्द्रीय सदस्यमध्ये करिब ४७ प्रतिशत हुन आउँछ। उक्त पार्टीमा ४९९ जना केन्द्रीय सदस्य छन्।

विस्तारित बैठकमा उपस्थित केन्द्रीय सदस्यहरूको हस्ताक्षर निर्वाचन आयोगमा बुझाउने तयारी बाबुराम पक्षको छ।

दल विभाजनका लागि संसदीय दल र केन्द्रीय समिति दुवैमा ४०-४० प्रतिशत पुर्‍याउनुपर्ने राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था छ। आफ्नो भेलामा पार्टीका २१ मध्ये १० सांसद उपस्थित रहेको बाबुराम पक्षको दाबी छ।

उक्त पक्षको दाबी सही भएमा पार्टी विभाजनका लागि कानूनी आधार तयार हुनेछ। तथापि, बाबुराम पक्षको भेलामा उनीसहित अर्का सांसद महिन्द्र राय मात्र देखिएका छन्।

जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले पनि बुधबारदेखि वीरगञ्जमा केन्द्रीय समिति बैठक बोलाएको छ। दुई अलग भेलाबाट उक्त पार्टी विभाजनको रेखा कोरिएको छ।

Previous Post

समाजवादको हतारो

Next Post

शिक्षकले ‘बाँदे मुढाइ’ शैलीमा काटिदिए विद्यार्थीको कपाल

Related Posts

भारतमा कोरोना बढ्दा नेपालमा पनि उकालो लाग्यो ग्राफ
देशभर

दुई दिने विदामा घटे कोराना संक्रमित

२०७९ साउन २८ गते, १५:५० बजे प्रकाशित
निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो
flash

निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो

२०७९ साउन २८ गते, १५:३५ बजे प्रकाशित
प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर
feature-news-with-image

प्रतिबन्ध उल्लंघन गर्दै काली बाबाले सार्वजनिक गरे गुह्येश्वरी मन्दिरको गर्भगृहकै तस्बिर

२०७९ साउन २८ गते, १४:२७ बजे प्रकाशित
गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते
देशभर

गाडी दुर्घटनामा २ डीएसपीसहित ६ सुरक्षाकर्मी घाइते

२०७९ साउन २८ गते, १३:४५ बजे प्रकाशित
एकै वर्षमा दुई लाख युवा विदेश पुगे, साढे पाँच खर्ब रुपैयाँ पठाए
flash

म्यानपावरको ठगी धन्दा : शुन्य लागतमा डिमाण्ड आएको काममा साढे तीन लाखसम्म असुली

२०७९ साउन २८ गते, १३:३५ बजे प्रकाशित
नेपालगञ्जमा नयाँ उद्योग खोल्न जग्गा अभाव
देशभर

बाँकेको नरैनापुरलाई सुक्खा क्षेत्र घोषणा

२०७९ साउन २८ गते, १३:२३ बजे प्रकाशित
Next Post
शिक्षकले ‘बाँदे मुढाइ’ शैलीमा काटिदिए विद्यार्थीको कपाल

शिक्षकले ‘बाँदे मुढाइ’ शैलीमा काटिदिए विद्यार्थीको कपाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

भारतमा कोरोना बढ्दा नेपालमा पनि उकालो लाग्यो ग्राफ

दुई दिने विदामा घटे कोराना संक्रमित

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:५० बजे प्रकाशित
0

निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो

निहारिकालाई भेटेपछि बालेनले भने- यो अत्याचार हो

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:३५ बजे प्रकाशित
0

विधानसभामा हारपछि भारतमा कंग्रेसका ५ प्रदेश अध्यक्षको राजीनामा मागिन् सोनियाले

सोनिया गान्धीसहित भारतमा झण्डै १६ हजारमा कोरोना पुष्टि

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १५:१५ बजे प्रकाशित
0

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

सन् २०२१ मा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या

by नेपाली हेडलाइन
२०७९ साउन २८ गते, १४:५८ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2201 shares
    Share 880 Tweet 550
  • तेस्रो जेल यात्रा : अनि उदायो प्रजातन्त्रको सुन्दर बिहानी !

    529 shares
    Share 212 Tweet 132
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    404 shares
    Share 162 Tweet 101
  • ताइवान तनावमा दक्षिण एसियाका ६ देश चीनतिर, भारत र भुटान मात्र मौन

    167 shares
    Share 67 Tweet 42

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana