Wednesday, August 10, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

सांसदको हर्कत : हाजिर गर्दै भत्ता लिँदै, ऐन संशोधन गर्ने विधेयक अलपत्र

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ असार २८ गते, ११:११ बजे प्रकाशित
in देशभर
0
संसदको आजको बैठकमा एमसिसीमाथि छलफल हुने
83
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेको बेञ्च पूरै खाली भएपछि प्रदेशसभा बैठक स्थगित भएको छ । सुदूरपश्चिम प्रदेशसभाको आज बसेको बैठक कारबाही अघि बढ्न नसकी स्थगन गरिएको छ ।

बैठक प्रारम्भ भएपछि सभामुख अर्जुनबहादुर थापाले प्रतिपक्षी बेन्चमा कुनै पनि सदस्यको उपस्थिति नरहेकाले आजको बैठक स्थगित गरिएको घोषणा गरे ।

प्रतिपक्षी नेकपा एमाले, राष्ट्रिय जनता पार्टी (राजपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सदस्य बैठकमा अनुपस्थित रहेका थिए । सत्ता पक्षीय बेञ्चमा समेत सदस्यको उपस्थिति न्यून संख्यामा थियो ।

प्रदेश सरकारले पेस गरेको आर्थिक वर्ष २०७९-०८० को बजेट कार्यक्रममा प्रतिपक्षका साथै सत्तापक्षकै सदस्यको असन्तुष्टिपछि पटक पटक बोलाइएको प्रदेशसभाको बैठक सञ्चालन हुन नसकी स्थगित हुँदै आएको छ ।

आज बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बजेटका विषयमा उठाइएका असन्तुष्टिलाई सम्बोधन गरी असार २८ गतेसम्म बजेट कार्यक्रम पारित गर्ने गरी सदनको कारबाही सञ्चालन गर्ने निर्णय भएकामा सरकारले त्यस्तो व्यवहार नदेखाएकाले आजको बैठकमा सदस्यहरु अनुपस्थित रहेको प्रदेशसभाका सदस्य भरतबहादुर खड्काले बताए ।

‘सरकारले परामर्श समितिको बैठकमा असन्तुष्टि सम्बोधन गर्छौं भन्यो, तर गरेन,’ परामर्श समितिका सदस्यसमेत रहेका सत्तापक्षीय नेपाली कांग्रेसका प्रदेशसभा सदस्य खड्काले भने । प्रमुख प्रतिपक्षी एमालेका सदस्य कृष्णराज सुवेदीले सदनमा भएको आफूहरुको अनुपस्थितिबारे संसदीय दलको नेताबाट जानकारी माग्न उचित हुने बताए ।

वित्तीय अनुशासन कायम नगरी ल्याइएको बजेट नीति कार्यक्रमअनुसारको सन्तुलित नभएको र बिचौलियासँग सेटिङ गरेर ल्याइएको असन्तुष्ट सदस्यको भनाइ छ । बजेट कार्यक्रममा क्रमागत योजना हटाइएको, योजनाको बाँडफाँट असमान ढंगले भएको जस्ता गुनासोसमेत सदस्यले गरेका थिए ।

बजेट कार्यक्रमलाई परिष्कृत नगरिएसम्म यथास्थितिमै प्रदेशसभामा छलफल अघि बढ्न नसकिने अडानमा असन्तुष्ट सदस्यहरु रहेका छन् । सहमति जुट्न नसक्दा यही असार १ गते सरकारले पेस गरेको आगामी आर्थिक वर्ष २०७९-०८० को बजेट तथा कार्यक्रममाथि सदनमा अझै छलफल हुन सकेको छैन । असार मसान्तभित्र बजेट कार्यक्रम पारित गर्नु पर्ने कानूनी व्यवस्था छ ।

यता, प्रतिनिधिसभाको बैठकमा सांसदहरूले हाजिर गरेर बैठक छाडेपछि महत्त्वपूर्ण विधेयक नै पारित हुन रोकिएको छ । सोमबार दिउँसो १ बजे बसेको बैठकमा नेपाल रेलवे विधेयक र यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक पारित गर्ने कार्यसूची रोकिएको हो । सांसदहरू हाजिर गरेर बाहिरिएकाले रेलवे विधेयक पारित हुन नसकेको हो ।

हाजिर गरेपछि बैठक भत्ता सुनिश्चित हुने भएकाले सांसदहरू बानेश्वरस्थित संसद् भवनबाट महत्त्वपूर्ण विधेयक पारित नगरी हिड्ने गरेका छन् ।

Tags: विधेयकसांसद
Previous Post

काठमाडौँमा बलात्कारको आरोपमा तीन जना जेल चलान

Next Post

स्वास्थ्य मन्त्री खापुङले गरे पार्टी कार्यालयमा कार्यकर्तासँग भेट

Related Posts

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी
flash

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

२०७९ साउन २५ गते, १७:५८ बजे प्रकाशित
सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता
देशभर

सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता

२०७९ साउन २५ गते, १७:४५ बजे प्रकाशित
उत्साहको साथ भारत जाँदै छु : प्रचण्ड
feature-news-with-image

राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुँदैन : प्रचण्ड

२०७९ साउन २५ गते, १७:०५ बजे प्रकाशित
अब सपथ लिँदा केपी ओलीले जस्तो ‘त्यो पर्दैन’ भन्न नपाइने
feature-news-with-image

अब सपथ लिँदा केपी ओलीले जस्तो ‘त्यो पर्दैन’ भन्न नपाइने

२०७९ साउन २५ गते, १६:४८ बजे प्रकाशित
काठमाडौं महानगरको खर्च ४४.२४ प्रतिशत
देशभर

काठमाडौं महानगरको खर्च ४४.२४ प्रतिशत

२०७९ साउन २५ गते, १६:३८ बजे प्रकाशित
राजु श्रीवास्तवलाई हृदयघात, जिममा कसरत गर्दागर्दै बेहोस
देशभर

राजु श्रीवास्तवलाई हृदयघात, जिममा कसरत गर्दागर्दै बेहोस

२०७९ साउन २५ गते, १५:२१ बजे प्रकाशित
Next Post
स्वास्थ्य मन्त्री खापुङले गरे पार्टी कार्यालयमा कार्यकर्तासँग भेट

स्वास्थ्य मन्त्री खापुङले गरे पार्टी कार्यालयमा कार्यकर्तासँग भेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

by रेश्मा सिंह
२०७९ साउन २५ गते, १८:४४ बजे प्रकाशित
0

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १७:५८ बजे प्रकाशित
0

सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता

सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १७:४५ बजे प्रकाशित
0

उत्साहको साथ भारत जाँदै छु : प्रचण्ड

राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुँदैन : प्रचण्ड

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १७:०५ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2195 shares
    Share 878 Tweet 549
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    390 shares
    Share 156 Tweet 98
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • पूर्वी पहाडभरि बिजुली कुवा !

    242 shares
    Share 97 Tweet 61
  • सिटी स्टोरी : त्यो धुले धनगढी, यो प्रदेश राजधानी !

    215 shares
    Share 86 Tweet 54

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana