काठमाडौं- सोमबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला ९४ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।
आइतबारको तुलनामा सुन प्रतितोला एक सय रुपैयाँ घटेको छ।
यस्तै, चाँदीको मूल्य सोमबार प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन सोमबार प्रतिऔंस एक हजार ७४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।