काठमाडौँ । सरकारले ३२ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा गर्न सिफारिस गरेको छ ।
शनिबार बसेको बढुवा समितिको बैठकले ३२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको हो । प्रतिस्पर्धामा ६० जनाभन्दा बढी थिए ।
बढुवा सिफारिसको पहिलो नम्बरमा एसपी गणेश चन्द, दोस्रो नम्बरमा सिद्धिविक्रम शाह, तेस्रोमा सुशीलसिंह राठौर, चौथोमा उमाप्रसाद चतुरबेदी र पाँचौ नम्बरमा दानबहादुर कार्की रहेका छन् । बढुवाको ३२ औं नम्बरमा शारदाप्रसाद चौधरी रहेका छन् ।
बलात्कारपछि हत्या गरिएकी निर्मला पन्त प्रकरणमा बर्खास्तीमा परेर पुनर्बहाली भएका एसपी डिल्लीराज बिष्टसमेत बढुवा सूचीमा रहेका छन् ।