बाजुरा । जिल्लाको बुढीगंगा नगरपालिकामा सम्पन्न भएको निर्वाचनको मत गणना सुरु भएको छ । शुक्रबार मध्यान्ह १२ बजेदेखि मत गणना कार्य सुरु भएको हो ।
मत गणना भानोदय नमुना माध्यमिक विद्यालयमा भएको हो । मत गणना स्थलमा कडा सुरक्षा व्यवस्था गरिएको छ ।
मत गणना वडा नम्बर १ र १० बाट सुरू भएको छ । करिब १३ हजार मतदाता रहेको यहाँ नौ हजार १२८ मत खसेको छ ।