Wednesday, August 10, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

बुढेसकालमा ५ कक्षा पढ्दै रिमबहादुर !

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ असार २४ गते, १०:१२ बजे प्रकाशित
in देशभर, लङरिड
0
बुढेसकालमा ५ कक्षा पढ्दै रिमबहादुर !
84
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । कक्षामा वरिपरि नातिनातिना उमेरका सहपाठी छन् । उनीहरुकै बीचमा पाका व्यक्ति ध्यान दिएर पढिरहेका हुन्छन् । कपाल सेताम्य भएका ती व्यक्ति कक्षा कहिल्यै छुटाउँदैनन् । अरु विद्यार्थी सरह उनको पनि पढाइमै ध्यान केन्द्रित हुन्छ ।

दाङको बबई गाउँपालिका ५ स्थित जनज्योति आधारभूत विद्यालयको कक्षा ५ मा दिनहुँ देखिने दृश्य हो यो । उक्त दृश्यले हिजोआज सबैलाई आश्चार्यचकित बनाएको छ । यसले सबैलाई खुसी तुल्याएको छ ।

बबई गाउँपालिका ५ सिमगैराका ६१ वर्षीय रिमबहादुर खड्का कक्षा ५ मा अध्ययन गर्दै छन् । पढ्न उमेरले छेक्दैन भन्ने चरितार्थ उनले सत्य सावित गरेका छन् ।

रिमबहादुर सानोमा विद्यालय जान पाएनन् । विद्यालय जाने उमेरमा उनलाई घरको कामले फुर्सद भएन । उनले विद्यालयको अनुभूति गर्न पाएनन् । कक्षा १ पनि नपढेका रिमबहादुर यस वर्ष सोझै कक्षा ५ मा भर्ना भएर नियमित विद्यालय गइरहेका छन् ।

‘मैले सानोमा पढ्न पाइनँ, म घरको जेठो छोरा हुँ, घरकै काममा व्यस्त हुनुपर्यो,’ उनले भने, ‘बाल्यकालमा पढ्न नपाए पनि विद्यालय जाने ठूलो धोको थियो, त्यही धोको पूरा गर्न अहिले पढ्न थालेको छु ।’

आर्थिक अवस्था कमजोर भएकाले बाल्यकालमा विद्यालय गएर पढ्न नपाएको रिमबहादुर बताउँछन् । ‘अरु भाइहरूलाई पढाउनमै व्यस्त रहे, घरको कामबाट कहिल्यै छुटकारा पाइएन,’ उनले विगत सुनाए ।

रिमबहादुर यही असार १४ गते विद्यालय भर्ना भएका हुन् । त्यसयता उनी नियमित विद्यालय गइरहेका छन् । उनले बिहान र बेलुकाको समयमा घरको काम भ्याउँछन् । उनले दिउँसोको समयको सदुपयोग गरिरहेका छन् । ‘घरमा धेरै काम हुन्छ, तर त्यो सबै बिहानै सक्छु,’ रिमबहादुरले भने, ‘दिउँसोको सम्पूर्ण समय पढाइलाई दिने गरेको छु ।’

आर्थिक अवस्था कमजोर भएकै कारण उनी रोजगारको सिलसिलामा भारत जानुपर्ने अवस्था आयो । भारतमा बिहान र रातिको समय व्यवस्थापन गरी वर्णमाला सिकेपछि नाम लेख्न सक्ने भएको उनी बताउँछन् ।

रिमबहादुरको अब कक्षा १० सम्म पढ्ने धोको छ । ‘उमेरले पढ्न छेक्दो रहेन छ,’ रिमबहादुरले भने, ‘त्यसैले नाति–नातिना उमेरका बाबुनानीहरूसँग पढ्न थालेको हुँ ।’

रिमबहादुर बुढेसकालमा विद्यालय गएर पढ्न थालेकामा ६१ वर्षीया श्रीमती लालमती खड्का पनि खुसी भएकी छन् । श्रीमानको पढ्ने इच्छामा सहयोग गर्ने उनले बताउँछन् । ‘पढ्ने इच्छा पहिल्यैदेखिको हो, यसमा म सहयोग गर्छु, दिउँसो घरको काम म आफैँ गर्छु,’ लालमतीले भनिन् । श्रीमान विद्यालय गएको देख्दा आफूलाई पनि पढ्ने इच्छा जागेको उनको भनाइ छ ।

रिमबहादुर कक्षामा छँदा बालबालिकाले हो हल्ला पनि कम गर्ने गरेको विद्यालयका शिक्षकहरू बताउँछन् । प्रधानाध्यापक कुम्भकर्ण खत्रीका अनुसार रिमबहादुर पढ्न आउँदा सुरुमा सबैलाई अनौठो लागेको थियो ।

‘यो उमेरमा पढ्न आउँदा हामी सबै खुसी छौँ,’ उनले भने । शिक्षक–शिक्षिकालाई पनि सुरु–सुरुमा रिमबहादुर आउँदा पढाउन अप्ठ्यारो लागेको खत्री बताउँछन् । अहिले विस्तारै सबै बानी परेका छन् ।

‘रिमबहादुर नातामा दाइ पर्नु हुन्छ, त्यसैले सुरुमा अप्ठ्यारो लाग्यो,’ प्रधानाध्यापक खत्रीले भने, ‘अहिले बानी परेका छौँ, अप्ठ्यारो लाग्न छोडेको छ ।’

Tags: बुढेसकाल
Previous Post

यी स्थानमा भारी वर्षा हुने, सावधान अपनाउन आग्रह

Next Post

शिञ्जो आबेलाई भयो ‘कार्डियोपल्मोनरी अरेस्ट’, कस्तो अवस्थामा भनिन्छ यो शब्द

Related Posts

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन
देशभर

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन

२०७९ साउन २५ गते, १९:३८ बजे प्रकाशित
कुलमान घिसिङले भने- मलाई विवादमा ल्याउन नक्कली ट्‍विटरको प्रयोग भइरहेको छ
feature-news-with-image

कुलमान चमत्कार : विद्युत प्राधिकरणलाई दिलाए उच्च नाफा

२०७९ साउन २५ गते, १९:२२ बजे प्रकाशित
फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !
feature-news-with-image

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

२०७९ साउन २५ गते, १८:४४ बजे प्रकाशित
नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी
flash

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

२०७९ साउन २५ गते, १७:५८ बजे प्रकाशित
सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता
देशभर

सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता

२०७९ साउन २५ गते, १७:४५ बजे प्रकाशित
उत्साहको साथ भारत जाँदै छु : प्रचण्ड
देशभर

राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुँदैन : प्रचण्ड

२०७९ साउन २५ गते, १७:०५ बजे प्रकाशित
Next Post
शिञ्जो आबेलाई भयो ‘कार्डियोपल्मोनरी अरेस्ट’, कस्तो अवस्थामा भनिन्छ यो शब्द

शिञ्जो आबेलाई भयो 'कार्डियोपल्मोनरी अरेस्ट', कस्तो अवस्थामा भनिन्छ यो शब्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १९:३८ बजे प्रकाशित
0

कुलमान घिसिङले भने- मलाई विवादमा ल्याउन नक्कली ट्‍विटरको प्रयोग भइरहेको छ

कुलमान चमत्कार : विद्युत प्राधिकरणलाई दिलाए उच्च नाफा

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १९:२२ बजे प्रकाशित
0

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

by रेश्मा सिंह
२०७९ साउन २५ गते, १८:४४ बजे प्रकाशित
0

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १७:५८ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2195 shares
    Share 878 Tweet 549
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    390 shares
    Share 156 Tweet 98
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • पूर्वी पहाडभरि बिजुली कुवा !

    242 shares
    Share 97 Tweet 61
  • सिटी स्टोरी : त्यो धुले धनगढी, यो प्रदेश राजधानी !

    215 shares
    Share 86 Tweet 54

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana