काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भागमा आंशिकदेखि सामान्य बदली रहेन मौसम पूर्वानुमा महाशाखाले जनाएको छ ।
साथै आज केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो यी प्रदेशमा पानी पर्ने सम्भावना रहेको छ ।
राति प्रदेश १ र मधेसका केही स्थान साथै बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको अनुमान गरिएको छ ।
देशका विभिन्न स्थानमा भारी वर्षाको समेत सम्भावना देखाउँदै बाढी पहिरोको जोखिम रहेकाले सतर्कता हुन महाशाखाले आग्रह गरेको छ ।