टोकियो- जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि घातक आक्रमण भएको छ।
स्थानीय सञ्चार माध्यमहरूका अनुसार उनीमाथि गोली प्रहार भएको छ। जापानको पब्लिक ब्रोडकास्टर एनएचकेका अनुसार नारा शहरमा एक कार्यक्रमलाई सम्बोधन गरिरहेका उनलाई गोली प्रहार गरिएको हो।
कार्यक्रमस्थलमा अचानक गोली चलेको आजाव सुनिएको र आबे रगताम्य भएर ढल्दै गरेको देखिएको एनएचकेका रिपोर्टरले बताएका छन्। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।