Wednesday, August 10, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

काठमाडौंका सडकमा गुड्न थाले साझाका विद्युतीय बस

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ असार २३ गते, १६:४४ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
काठमाडौंका सडकमा गुड्न थाले साझाका विद्युतीय बस
76
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- काठमाडौं उपत्यकामा सरकारी लगानीमा विद्युतीय बस सञ्चालनमा आएका छन्।

साझा यातायात सहकारी संस्था प्रालिका संस्थापक अध्यक्ष ९५ वर्षीय विश्वबन्धु थापाले साझाको झण्डा फहराएपछि बस गुड्न थालेका हुन्। साझाले बिहीबारदेखि तीनवटा विद्युतीय बस सञ्चालनमा ल्याएको हो। ती बसमा सबै चालक र सहचालक महिला छन्। ती बसमध्ये दुई माछापोखरी–बालाजु–सोह्रखुट्टे–जमल–पुरानो बसपार्क–माइतीघर–नयाँबानेश्वर–तीनकुने–सिनामंगल–एयरपोर्ट र एक लगनखेल–जावलाखेल–कुपण्डोल–त्रिपुरेश्वर–नेपाल वायुसेवा निगम–लैनचौर–शिक्षण अस्पताल–नारायण गोपालचोक–बाँसबारी–बूढानीलकण्ठ रुटमा सञ्चालन हुने साझाले जनाएको छ।

साझाले ४० विद्युतीय बस खरिद गरेकामा बाँकी ३७ बस आगामी महिनाभित्रमा आइपुग्ने जनाइएको छ। सरकारले तीन वर्ष पहिले तीन अर्ब रुपैयाँको सेयर खरिद गरेपछि सोही रकमबाट विद्युतीय बस खरिद भएको थियो। ब्याट्रीबाट चल्ने बस नयाँ प्रविधिको भएकाले तीन चरणमा भित्र्याउने योजना बनाइएको प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले बताए। पहिलो चरणमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरी ८.५ मिटर लामा बस खरिद गरिएको छ। ती बस चीनको सीएचटीसी कम्पनीले तयार गरेको हो।

दोस्रो चरणमा त्यसभन्दा लामा बस खरिद गरिने साझाले जनाएको छ। झण्डै १० देखि १२ मिटर लम्बाइका शहरी विद्युतीय बस तथा लामो दूरीको विद्युतीय बस खरिद प्रक्रिया अघि बढाइसकेको पाण्डेले बताए।

बस चालक हर्मिता श्रेष्ठले अरू बसभन्दा यो सजिलो भएको बताइन्। केही वर्षदेखि साझाकै पेट्रोलियम पदार्थबाट चल्ने बस चलाइरहेकी उनी यी बसमा क्लज, गियर हाल्नु नपर्ने हुँदा सजिलो भएको बताउँछिन्। यसमा स्विच अन गरेपछि आफैँ गुड्ने हुँदा चलाउन सजिलो छ। र, अरू गाडीजस्तो आवाज आउँदैन।

साझाका अध्यक्ष कनकमणि दीक्षितले नेपालमा साझाले शहरी र क्षेत्रीय यातायात शुरु गरेको बताए। विद्युतीय बस आर्थिक र वातावरणीय रूपमा उपयुक्त रहेको र यात्रुलाई पनि सुविधा हुने उनको भनाइ छ। निजी क्षेत्रले सार्वजनिक यातायातको ठूलो हिस्सा ओगटेका कारण नेपाल सरकारले यस क्षेत्रलाई बस सञ्चालनका लागि पनि सहुलियत ऋण उपलब्ध गराउनुपर्नेमा दीक्षितले जोड दिए।

चार्जिङ स्टेसन निर्माणका लागि सरकारले सहयोग गर्ने उनको विश्वास छ। साझा खुल्दा आफू ३० वर्ष भएको र अहिले ९५ वर्ष भएको संस्थापक अध्यक्ष थापाले बताए। बस सञ्चालन हुँदा खुशी लागेकैले आफू यहाँ आइपुगेको उनको भनाइ थियो।

यी बसमा २६ सिट छन्। क्षमता प्रतिघण्टा १६१ किलोवाट छ। अहिले बससँगै दुई थान चार्जरसमेत ल्याइएको छ। बस एकपटक पूरै चार्ज गर्दा २०० किलोमिटर चल्नसक्छन्। अरू सामान्य बसभन्दा अहिले ल्याइएका विद्युतीय बस होचा र साना छन्। र, अपांगतामैत्री पनि छन्।

Previous Post

२७० किलो गाँजासहति २ जनालाई पक्राउ

Next Post

बेलायती प्रधानमन्त्री जोनसनले दिए राजीनामा

Related Posts

विधेयक पारित गर्न सांसद नै थिएनन् संसदमा !
flash

विधेयक पारित गर्न सांसद नै थिएनन् संसदमा !

२०७९ साउन २५ गते, २०:५६ बजे प्रकाशित
मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन
देशभर

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन

२०७९ साउन २५ गते, १९:३८ बजे प्रकाशित
कुलमान घिसिङले भने- मलाई विवादमा ल्याउन नक्कली ट्‍विटरको प्रयोग भइरहेको छ
feature-news-with-image

कुलमान चमत्कार : विद्युत प्राधिकरणलाई दिलाए उच्च नाफा

२०७९ साउन २५ गते, १९:२२ बजे प्रकाशित
नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी
flash

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

२०७९ साउन २५ गते, १७:५८ बजे प्रकाशित
सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता
देशभर

सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता

२०७९ साउन २५ गते, १७:४५ बजे प्रकाशित
उत्साहको साथ भारत जाँदै छु : प्रचण्ड
देशभर

राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुँदैन : प्रचण्ड

२०७९ साउन २५ गते, १७:०५ बजे प्रकाशित
Next Post
युक्रेन संकट : रुसका तीन अर्बपति र पाँचवटा बैंकमाथि बेलायतले लगायो प्रतिबन्ध

बेलायती प्रधानमन्त्री जोनसनले दिए राजीनामा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

विधेयक पारित गर्न सांसद नै थिएनन् संसदमा !

विधेयक पारित गर्न सांसद नै थिएनन् संसदमा !

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, २०:५६ बजे प्रकाशित
0

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १९:३८ बजे प्रकाशित
0

कुलमान घिसिङले भने- मलाई विवादमा ल्याउन नक्कली ट्‍विटरको प्रयोग भइरहेको छ

कुलमान चमत्कार : विद्युत प्राधिकरणलाई दिलाए उच्च नाफा

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १९:२२ बजे प्रकाशित
0

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

by रेश्मा सिंह
२०७९ साउन २५ गते, १८:४४ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2195 shares
    Share 878 Tweet 549
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    390 shares
    Share 156 Tweet 98
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • पूर्वी पहाडभरि बिजुली कुवा !

    242 shares
    Share 97 Tweet 61
  • सिटी स्टोरी : त्यो धुले धनगढी, यो प्रदेश राजधानी !

    215 shares
    Share 86 Tweet 54

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana