Wednesday, August 10, 2022
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

धनीबिना जग्गा बेचिदिने मालपोत कर्मचारीसहित १३ माथि कारबाही

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७९ असार २३ गते, ९:३७ बजे प्रकाशित
in देशभर
0
नेपालगञ्जमा नयाँ उद्योग खोल्न जग्गा अभाव
87
SHARES
Share on FacebookShare on Twitter

काठमाडौँ । जिल्ला अदालत सुर्खेतले जग्गा धनीलाई थाहै नदिई जग्गा खरिद बिक्रीसम्बन्धी कार्यमा संलग्न मालपोत कर्मचारीसहित १३ जनालाई दोषी ठहर गरेको छ ।

न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको एकल इजलासले बुधबार कीर्ते तथा ठगी कसुरमा मालपोत कार्यालय सुर्खेतका चार कर्मचारीसहित १३ जना दोषी रहेको फैसला सुनाएको हो । वीरेन्द्रनगर नगरपालिका ६ का सौगात रावतले साविक जर्बुटा वडा नं ३ (क) कित्ता नं ३१११ रहेको ६ कट्ठा आफ्नो जग्गा २०७७ असार ८ गते खरिद बिक्री भएको पाएपछि अदालतमा मुद्दा दायर गरेका थिए ।

जिल्ला अदालतले मालपोत कार्यालयका नायब सुब्बा विश्वरुप सावद, कम्प्युटर शाखामा कार्यरत गणेश विक, खरिदार रजिष्ट्रेशन कृष्णबहादुर थापा, दीपेन्द्र श्रेष्ठ र मोठ तथा जग्गा नामसारी फाँटका तीर्थराज महतारा, वीरेन्द्रनगर १२ तत्कालीन कार्यवाहक अध्यक्ष रामकुमार दर्लामी, वडा सचिव उत्तम अधिकारी र सुनिता रानालाई कीर्ते कसुरमा दोषी ठहर गरेको छ ।

त्यस्तै, वीरेन्द्रनगर १ का सहवीर कार्की, वीरेन्द्रनगर ६ का अमरसिंह कटुवाल, वीरेन्द्रनगर ६ का सन्तोष ठाकुर, वीरेन्द्रनगर ५ का निर्मल पुरी, वीरेन्द्रनगर २ का गणेश बुढालाई ठगी कसुरमा दोषी ठहर गरेको छ । जिल्ला अदालतका श्रेस्तेदार ठाकुरप्रसाद पौडेलले कीर्ते र ठगी कसुर भएकाको हकमा सजाय निर्धारणका लागि ३० दिनभित्र अर्को सुनुवाइ हुने जानकारी दिए ।

‘सम्भवतः यही महिनाभित्र सजाय निर्धारणसम्बन्धी फैसला हुनसक्छ,’ उनले भने । श्रेस्तेदार पौडेलका अनुसार फैसलामा जग्गाधनी रावतको सहिछाप नमिल्ने प्रमाणित विधि विज्ञान प्रयोगशालाको प्रतिवेदन, जग्गा खरिद बिक्रीको क्रममा कुनै रकम नदिएको र तत्काल परिवारमा भागबण्डा गरी बिक्रीसमेत गरेको तथ्यमा प्रतिवादी सावित नै रहेको उल्लेख गरेको छ ।

जग्गा व्यवसायी ठाकुरसहितले कार्कीका नाममा राजीनामा लिखत पारित गराएपछि मालपोतका कर्मचारीसहित १९ जनाविरुद्ध रावतले अदालतमा मुद्दा दायर गरेका थिए । जग्गाको कित्ताकाट हुँदा अथवा किनबेच हुँदा जग्गाधनी र मोही (जग्गा किन्ने व्यक्ति) बीच आपसी सहमतिमा सयुंक्त निवेदन दिएको अवस्थामा मात्र मालपोत कार्यालयले नामसारी गराउन सक्छ ।

जग्गाधनीलाई कुनै जानकारीबिनै किनबेच भएको खुलेपछि रावतले ठगी तथा कीर्ते कसुर अभियोगमा तत्कालीन मालपोत कार्यालय प्रमुख लक्ष्मी खत्रीसहित १९ जनाविरुद्ध मुद्दा दायर गरेका थिए । अदालतले मालपोतका तत्कालीन कार्यालय प्रमुख खत्रीसहित ६ जनालाई सफाइ दिएको छ ।

Tags: कर्मचारी
Previous Post

तुइन चुँडिएर बेपत्ता भएका सचिनको खोजीमा सशस्त्र प्रहरी परिचालन

Next Post

गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एक जनाको मृत्यु, एक घाइते

Related Posts

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन
देशभर

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन

२०७९ साउन २५ गते, १९:३८ बजे प्रकाशित
कुलमान घिसिङले भने- मलाई विवादमा ल्याउन नक्कली ट्‍विटरको प्रयोग भइरहेको छ
feature-news-with-image

कुलमान चमत्कार : विद्युत प्राधिकरणलाई दिलाए उच्च नाफा

२०७९ साउन २५ गते, १९:२२ बजे प्रकाशित
नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी
flash

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

२०७९ साउन २५ गते, १७:५८ बजे प्रकाशित
सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता
देशभर

सातै प्रदेश र विभागीय प्रहरी प्रमुखहरूलाई आईजीपी सिंहले गराए कार्यसम्पादन सम्झौता

२०७९ साउन २५ गते, १७:४५ बजे प्रकाशित
उत्साहको साथ भारत जाँदै छु : प्रचण्ड
देशभर

राष्ट्रपतिले नागरिकता विधेयक रोक्नु हुँदैन : प्रचण्ड

२०७९ साउन २५ गते, १७:०५ बजे प्रकाशित
अब सपथ लिँदा केपी ओलीले जस्तो ‘त्यो पर्दैन’ भन्न नपाइने
देशभर

अब सपथ लिँदा केपी ओलीले जस्तो ‘त्यो पर्दैन’ भन्न नपाइने

२०७९ साउन २५ गते, १६:४८ बजे प्रकाशित
Next Post
मौसमविद् भन्छन्- प्रि-मनसुन शुरु भयो, चट्याङबाट बचौँ

गुडिरहेको मोटरसाइकलमा चट्याङ लाग्दा एक जनाको मृत्यु, एक घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन

मिटरब्याजी रामदेवलाई पक्राउ गर्न माग गर्दै राजविराजमा प्रदर्शन

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १९:३८ बजे प्रकाशित
0

कुलमान घिसिङले भने- मलाई विवादमा ल्याउन नक्कली ट्‍विटरको प्रयोग भइरहेको छ

कुलमान चमत्कार : विद्युत प्राधिकरणलाई दिलाए उच्च नाफा

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १९:२२ बजे प्रकाशित
0

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

फोहोर व्यवस्थापनमा जनकपुर मोडल : युरोपेली मापदण्डको कारखाना !

by रेश्मा सिंह
२०७९ साउन २५ गते, १८:४४ बजे प्रकाशित
0

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

नेकपा (एस)को चुनाव तयारी : केन्द्रीय नेताले पाए महत्त्वपूर्ण जिम्मेवारी

by नेपाली हेडलाइन
२०७९ साउन २५ गते, १७:५८ बजे प्रकाशित
0

साताका लाेकप्रिय

  • प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    प्रहरीमा ३० वर्षे बकवास : बाबु जागिरमा छोरा अवकाश !

    2195 shares
    Share 878 Tweet 549
  • जेलबाट छुटेको छोरालाई आमाको दशैं आशिर्वाद- डराउनु हुँदैन, हिम्मत लिनुपर्छ

    390 shares
    Share 156 Tweet 98
  • काठमाडौंमा एकाबिहानै भूकम्पको धक्का

    251 shares
    Share 100 Tweet 63
  • पूर्वी पहाडभरि बिजुली कुवा !

    242 shares
    Share 97 Tweet 61
  • सिटी स्टोरी : त्यो धुले धनगढी, यो प्रदेश राजधानी !

    215 shares
    Share 86 Tweet 54

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित ।
सञ्चालक : निशेष पोखरेल ।
प्रधान सम्पादक : उपेन्द्र पोखरेल ।
प्रधान कार्यालय : गैरीगाउँ, तीनकुने, काठमाडौं ।
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana