काठमाडौं – सरकारले राष्ट्रिय सेवा दल (एनसीसी) को कार्यकारी महानिर्देशकमा रघु भण्डारीलाई नियुक्त गरेको छ ।
नेपाली सेनाको उपरथीबाट गत १२ कात्तिकमा अवकाश पाएका भण्डारीलाई प्रधासेनापति पूर्र्णचन्द्र थापाले एनसीसीमा नियुक्त गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेका थिए । त्यसलाई गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।
भण्डारी र प्रधानसेनापति थापा नातेदारसमेत हुन् ।
एनसीसी सेना मातहतको स्वयंसेवक विद्यार्थीको दस्ता हो । उनीहरुलाई विपद, उद्दार र अन्य अवस्थामा स्वयंसेवी रुपमा परिचालनका लागि तयार गरिन्छ ।
बैठकले प्रमुख सेनानी मनोज थापासहित ५ जनाको बढुवा समेत गरेको छ ।