Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home इलेक्सन वाच

अमेरिकामा कोरोना महामारीकाबीच नेपालीहरुले मनाए दसैं

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ कार्तिक २७ गते, १५:४२ बजे प्रकाशित
in इलेक्सन वाच
0
अमेरिकामा कोरोना महामारीकाबीच नेपालीहरुले मनाए दसैं
76
SHARES
Share on FacebookShare on Twitter

डिसी । कोरोना महामारीको चपेटामा विश्वमै सर्वाधिक थिलथिलो भएको राष्ट्र अमेरिकाका विभिन्न राज्य तथा शहरमा बसोबास गर्ने नेपालीहरुले २०७७ सालको विजया दशमी मनाएका छन् । अमेरिकामा समय फरक हुने भएकाले दसैं मनाउने क्रम जारी छ ।

गत वर्षझैँ नेपाली समुदायले दुई वटा साइतमा दुई दिन टीका लगाएका छन् । नेपाली समुदायले गत अक्टोबर २५ तारिख आइतबार र अक्टोबर २६ तारिख सोमबारका दिन टीका–जमरा ग्रहण गरेर दसैं मनाएका हुन् ।

यसपटक महामारीको कारण आफन्त, ठूला बडा, मान्यजनहरुबाट दुर्गा भवानीको प्रसाद स्वरुप टीका तथा जमरा आ–आफ्ना घरभित्र मात्र थापेका छन् । आफ्ना एकल परिवार वा घरभित्रै रहेका परिवारका सदस्यहरुबीच मात्रै दसैं मनाए भने आफू जान नपाएका आफन्तसँग भिडियो कलमार्फत् आशिर्वाद लिए ।

अमेरिकाका नेपालीहरुले नेपालकै शुभ साइत बिहान १० बजेर १९ मिनेटदेखि टीका थाप्न सुरु गरेका थिए ।

अमेरिकामा दशमी सोमबार कामको दिन परे तापनि अधिकांश नेपालीले बिदा लिएर भए पनि आफ्नो संस्कृति, परम्परा तथा चाडपर्वलाई मनाएका छन् ।

महामारीमा बाहिर निस्कन नपाइने हुनाले यस पटक अधिकांश नेपालीहरुले नेपालमा जस्तै आफ्नो पूजा कोठामा दुर्गा पूजा गरी किस्तीमा जमरा राखेका थिए । अमेरिकामा रहेका नेपालीहरुका मन्दिर र सामुदायिक केन्द्रहरुले समेत जमरा वितरण गरेका छन् ।

अमेरिकामा बसेका नेपालीहरुले दसैंको दिनमा खानका लागि सेलरोटि, मासुका विभिन्न परिकार, नेपाली शैलीका अचार तथा शाकाहारीको लागि फलाहार आदि व्यवस्था गरेका थिए ।

वर्ष दिनमा आउने महान चाड दसैंमा नेपाली पोशाक दौरासुरुवाल, भादगाउँले तथा ढाका टोपीमा सजिएका देखिन्थे भने महिलाहरु पनि राता सारी र गरगहनामा सजिएका थिए । अमेरिकामा जन्मिएका बालबालिकाहरु टीका जमरा र खाममा डलर पैसा पाउँदा निकै दङ्ग परेका देखिन्थे ।

अमेरिकामा हाल ३ पुस्ते परिवार पनि निकै भएकाले नेपाली समुदायले हजुरबा, हजुरआमा, मातापिता, सासुससुरा, पुरोहित, मान्यजन तथा ठूलाबडाको हातबाट नवदुर्गा भवानीको टीका, जमरा तथा प्रसाद थापी उनीहरुबाट ऐश्वर्य वृद्धि तथा दीर्घायुको आशीर्वाद समेत लिएका छन् ।

विजयादशमी आफैँमा शुभ दिन भएकाले दिन भरि नै टीका लगाउने साइत हुने भएता पनि कोही आवत जावत नगर्ने भएकाले छिट्टै सम्पन्न भएको छ ।

Previous Post

यूएईमा नेपाली कामदारको १९ लाख जरिवाना छुट

Next Post

दुबईको अस्पतालमा नेपाली राजदूतको भ्रमण

Related Posts

बारा, चितवन र तनहुँमा मतदान शुरु
इलेक्सन वाच

बारा, चितवन र तनहुँमा मतदान शुरु

२०८० बैशाख १० गते, ७:३३ बजे प्रकाशित
वैशाख १० मा हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न आग्रह
इलेक्सन वाच

उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?

२०७९ चैत्र २२ गते, १५:४६ बजे प्रकाशित
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
इलेक्सन वाच

तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान

२०७९ चैत्र २२ गते, १४:०७ बजे प्रकाशित
इलेक्सन वाच

रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित

२०७९ फाल्गुन २५ गते, १६:५५ बजे प्रकाशित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना
इलेक्सन वाच

राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

२०७९ फाल्गुन २५ गते, १६:१२ बजे प्रकाशित
राष्ट्रपति निर्वाचनपछि काँग्रेस र एमालेबीच सहकार्य हुने सम्भावना : केपी ओली
इलेक्सन वाच

राष्ट्रपति निर्वाचनपछि काँग्रेस र एमालेबीच सहकार्य हुने सम्भावना : केपी ओली

२०७९ फाल्गुन २५ गते, १४:१७ बजे प्रकाशित
Next Post
दुबईको अस्पतालमा नेपाली राजदूतको भ्रमण

दुबईको अस्पतालमा नेपाली राजदूतको भ्रमण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
0

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana