Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home लङरिड

भारत बिहार चुनाव: नेपाल बाछिटा

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ कार्तिक २७ गते, ४:४३ बजे प्रकाशित
in लङरिड, विश्व/भूराजनीति
0
भारत बिहार चुनाव: नेपाल बाछिटा
81
SHARES
Share on FacebookShare on Twitter
  • चन्द्रकिशोर

भारतमा बिहार विधान सभा निर्वाचनको परिणाम बाहिरिए लगत्तै राजधानी शहर पटनाको मूख्य चोकहरूमा एक विशेष पोस्टर देखिएको छ, जसमा लेखिएको छ -“बिहार में का बा ? फिर से नीतीशे कुमार बा” अर्थात बिहारमा के छ? फेरी नीतीश कुमार नै छन्।

केही पहिला त्यहाँकी लोकगायिका नेहा सिंह राठौड़ले “बिहार में का बा ?” भन्ने गीत गाएकी थिइन् जसलाई विपक्षी दलहरूले मुख्यमन्त्री नीतीश कुमारको शासकीय श्यामश्वेत तस्बिर उजागर गर्ने अस्त्रका रूपमा प्रयोग गरे।

अहिलेको परिणामले नीतीशको निरन्तरता हुने सम्भावना बलियो देखाएपछि उनका प्रशंसकहरूले विपक्षलाई जवाफ दिन नयाँ ढङ्गले पोस्टरबाजी गरेका छन्।

नीतीश बिहार सरकारको नेतृत्व गर्न पुगेपछि के बिहार पुरानै लयमा हिँड्ला ? बिहारका नागरिक समाज वा राजनीतिक विश्लेषकहरु यसमा असहमति राख्छन्।

उनीहरूको भनाइमा नीतीश कुमारले भलै मुख्यमन्त्रीमा निरन्तरता देलान् तर चुनावी मतादेशले उनको लोकप्रियता घटेको देखाएको छ।

उनलाई आफ्ना राष्ट्रिय जनतान्त्रिक गठबन्धनका सहयोगी दलहरूको कारणले सरकारमा फर्किन सम्भव भएको हो।

यो गठबन्धनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा)ले ठूलो कद कायम गरेको छ।

यसैले मुख्यमन्त्री नीतीश कुमार भएपनि चालकसिटको असली शक्ति अभ्यास भाजपाले गर्नेछ।

नीतीश कुमार आवद्ध गठबन्धनले विधान सभाको २४३ सीटमध्ये १२५ सीट ल्याएको छ भने विपक्षीहरूको महागठबन्धनले ११० स्थान हासिल गरेको छ।

विपक्षी राष्ट्रिय जनता दल एकल ठूलो दल ( सिंगल लार्जेस्ट दल ) बनेको छ , जसको नेतृत्व लालूप्रसाद यादवका छोरा तेजस्वी यादवले गरिरहेका छन्।

नेपालीको चासो

महामारी सङ्क्रमणको कारणले नेपाल – भारत बीचको खुला सीमा खुकुलो छैन यतिखेर।

राष्ट्रिय सुरक्षा अवधारणा अन्तर्गत पहिलो पटक “महामारी सङ्क्रमण” आएकोले सीमा बन्दीको अवस्था विगतको भन्दा भिन्न छ।

त्यसैले यसपटक नेपालीहरूले बिहारको चुनावलाई नजिकबाट हेर्न पाएनन्।

त्यो कुन अर्थमा भने सामान्यकालको निर्वाचनका बखत नेपालीहरू सीमावर्ती भारतीय क्षेत्रहरूमा हुने चर्चित नेताहरूको भाषण सुन्न , चुनाव प्रचारको शैली नियाल्न वा रिपोर्टिङ गर्न त्यहीँ पुग्थे।

उताका प्रचार सामग्री छपाउन होस् वा चुनावी कार्यकर्ताहरू मदिरा पिउन समेत सीमापार गरेर नेपालतिर आउँथे।

कतिपय नेपाली एफएम रेडियोहरूले उताका चुनावी प्रचार सामग्रीहरु प्रसारण गर्थे तर यसपटक त्यो रोकियो।

नेपालका प्रदेश २ का आठ वटै र प्रदेश १ का ३ वटा जिल्ला गरि पर्सा देखि झापासम्म भारतको बिहारसँग जोडिएको छ।

साँधसिमाना

समतल भूगोलले जोडिएको यो सीमा क्षेत्रले सामाजिक-सांस्कृतिक सम्बन्धलाई निरन्तरता पनि दिन्छ। कतिपय ठाउँमा पारस्परिक आर्थिक दिनचर्या रहिआएको छ।

यसरी बिहारसँग गाँसिएको सम्बन्ध छ , जसलाई पटना, बिहारस्थित “बिपी कोईराला सेन्टर फर नेपाल स्टडीज” का निर्देशक प्रो. नवल किशोर चौधरीले बिहार र नेपालको बीच रोटी- बेटी र क्रान्तिको सम्बन्ध बताउँछन्।

विगतमा राणा विरोधी आन्दोलनदेखि प्रत्येकजसो आन्दोलनमा नेपालीहरूलाई बिहारीहरूको सहयोग रहँदै आएको छ , त्यसैगरि बिहारका राजनीतिकर्मीहरू राजनीतिक कारणले नेपाल तिर ओत लाग्ने गरेका छन्।

नेपाल- भारत सहयोग मञ्च वीरगञ्जका अध्यक्ष एवम् उद्योगपति अशोक बैद्यले नेपालका दुई मूख्य नाका विराटनगर र वीरगञ्ज बिहारसँग जोडिएकोले त्यहाँको सामाजिक आर्थिक हलचलको सोझो असर नेपाली समाजमा पर्ने गरेको पक्ष औल्याउँछन्।

मधेशको राजनीतिमा देखिएको जात समीकरण बिहारकै राजनीतिबाट भित्रिएको मानिन्छ।

त्यहाँको आर्थिक प्रभाव नेपालमै पर्छ तर यस कुराको हेक्का राखिएको पाइन्न।

त्यसैले नेपालमा भारतीय सीमावर्ती प्रदेशहरुप्रति त्यति साह्रो चासो पाइँदैन।

बरू नेपालीहरू दिल्लीको राजनीतिबारे मसिनो जानकारी राख्ने गर्छन्।

नेपालको सामाजिक आर्थिक जीवनमा फराकिलो असर राख्ने बिहारका बारेमा अध्ययन, अनुसन्धानका साथै प्राज्ञिक चासो राख्नेहरूको अभाव पनि छ।

बिहार निर्वाचन

बाछिटाका कणहरू

बिहारमा कानून व्यवस्था कमजोर हुँदा त्यसले नेपालतिरका नागरिकहरू समेत प्रताड़ित भएको इतिहास छ।

१५ बर्ष पहिला जनता दल यूनाइटेडका नीतीश कुमार मूख्यमन्त्री भएपछि त्यहाँको सुरक्षा व्यवस्थालाई लीकमा ल्याएका थिए।

उनले पञ्चायत तहको महिला प्रतिनिधित्वलाई ह्वातै बढाउन पचास प्रतिशत आरक्षण दिए, त्यसैगरि छात्राहरूलाई साईकल दिए , जसले महिलाहरू माझ उनी लोकप्रिय भए।

उनले सड़क, पुल, बिजुली जस्ता पूर्वाधार विकास गरेपनि सार्वजनिक शिक्षा र स्वास्थ्यमा गुणात्मक सुधार ल्याउन सकेनन्।

नीतीश कुमार स्वयम्‌को पनि नेपालका केही नेताहरूसँग गहिरो सम्बन्ध छ तर पनि उनी नेपालको दिल्लीसँगको सम्बन्धमा आफुलाई सहजकर्ताका रूपमा उभ्याउँदैनन्।

बरू नेपालसँगको सरोकारलाई उनी यो त अन्तर्राष्ट्रिय विषय भएको र त्यो सङ्घीय सरकारको कार्यक्षेत्र भित्रको विषय भनेर आफुलाई अलग राख्छन्।

यसले गर्दा खासगरी बिहारसंग गाँसिएको नदी ब्यवस्थापन, सीमावर्ती तटबन्ध, सडक वा नाका जोड्ने सडकहरूको स्तरोन्नति जस्ता समस्या थाती रहँदै आएका छन्।

बिहारी श्रमिक एवम् अनौपचारिक सेवाका व्यवसायीहरू उल्लेख्य सङ्ख्यामा नेपालभित्र काम गर्दछन्।

बिहारले आफ्ना लागि स्वयम् रोजगार सृजना गर्‍यो भने नेपाल भित्रको दबाब कम हुन सक्ने कतिपयको ठहर छ।

गरीबहरू रोजगारीका लागि नेपालबाट बिहार पलायन हुने क्रम रोकिएको छैन।

बिहारका एक नागरिक अगुवा रणजीब भन्छन् – “यसपटक भाजपा आफ्नो राजनीतिक हितका लागि पनि केही देखिने बदलाव बिहार सरकारबाट गराउनु पर्ने दबाबमा छ”।

यसबाट कतिपयले नीतीश कुमारको चौथो कार्यकाल पहिलेभन्दा गुणात्मक हुने आश गरिरहेका देखिन्छ।

(यो लेखमा अभिव्यक्त धारणा लेखकका निजी विचार हुन्।)

Tags: बिहार
Previous Post

कांग्रेसभित्र तानातानमा गच्छदार !

Next Post

पूर्वसहमति विपरीत समीकरण बनाउन खोज्दा समस्या : ईश्वर पोखरेल

Related Posts

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका
विश्व/भूराजनीति

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
चर्चा मधेशीको, संकटमा मैथिली !
feature-news-with-image

अभिवादन

२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
‘बिल्लु बार्बर’मा देहाती जीवन
feature-news-with-image

‘बिल्लु बार्बर’मा देहाती जीवन

२०८० अशोज ६ गते, ११:०९ बजे प्रकाशित
कुलमानको बिजुली बट्टा
feature-news-with-image

गणतन्त्रका महाराजा, महारानीको चर्तिकला

२०८० अशोज ६ गते, ११:०३ बजे प्रकाशित
घानामा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु
विश्व/भूराजनीति

घानामा अज्ञात बन्दुकधारीद्वारा बसमा आक्रमण गर्दा नौ जनाको मृत्यु

२०८० अशोज ५ गते, १९:३१ बजे प्रकाशित
सरकारसँग किन यति क्रुद्ध बने शिक्षक?
लङरिड

सरकारसँग किन यति क्रुद्ध बने शिक्षक?

२०८० अशोज ५ गते, १३:२३ बजे प्रकाशित
Next Post
पूर्वसहमति विपरीत समीकरण बनाउन खोज्दा समस्या : ईश्वर पोखरेल

पूर्वसहमति विपरीत समीकरण बनाउन खोज्दा समस्या : ईश्वर पोखरेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
0

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
0

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरी मार हान्ने क्षेप्यास्त्र दिँदै अमेरिका

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १५:३४ बजे प्रकाशित
0

चर्चा मधेशीको, संकटमा मैथिली !

अभिवादन

by हिमांशु चौधरी
२०८० अशोज ६ गते, १५:२६ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana