Saturday, September 23, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

मौसमले साथ दिँदा बढ्यो चिया उत्पादन

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०७७ कार्तिक २७ गते, २:२४ बजे प्रकाशित
in देशभर, हेडलाइन
0
मौसमले साथ दिँदा बढ्यो चिया उत्पादन
88
SHARES
Share on FacebookShare on Twitter

२७ कात्तिक, इलाम । विगत वर्षको तुलनामा यस वर्ष (अन्तिम सिजन/अटम सिजन)को चिया बढेको किसानले बताएका छन् । यस वर्षको अन्तिम सिजनमा मौसम अनुकूल भएकाले चियाको उत्पादन बढेको किसानको भनाइ छ ।

गएको वर्ष जस्तो पानी नपरेको र चिया पलाउन सहज भएकाले अपेक्षाकृत उत्पादन बढेको हो । उत्पादनसँगै चियाको मूल्यसमेत केही हदसम्म उच्च पाउन थालेपछि किसानको चियाप्रतिको वितृष्णासमेत घटेको छ ।

प्राय अन्य ‘सिजन’मा हरियोपत्ती चियाको प्रतिकिलो रु ३० देखि ४० मूल्य दिने उद्योगीले मूल्य बढाएर रु ५० पुर्याएपछि किसान हर्षित देखिएका छन् ।

“भदौसम्म पानी परे पनि नयाँ सिजन(अटम) मा मौसम राम्रो भएकाले उत्पादन बढ्यो”, सूर्योदय नगरपालिकाका चिया किसान डम्बर कटुवाल भन्नुहुन्छ, “उद्योगीले पनि चियाको मूल्य बढाए । आम्दानी राम्रै भएको छ ।”

उहाँका अनुसार यस वर्ष दोब्बर चिया उत्पादन भएको छ । कटुवालले अनुसार यस वर्ष विगतका वर्षमा जस्तो चियामा रोग पनि नदेखिएको बताउनुभयो । त्यसैले पनि चियामा किसानले धेरै खर्च गर्नुपरेन । चियाको उत्पादन बढेसँगै कारखानामा चिया धेरै आउन थालेको इलाम नगरपालिकास्थित साँखुजुङका उद्योगी टङ्क दाहाल बताउनुहुन्छ ।

गएका वर्षमा पानी नै पानी परेको चिया उद्योगमा आउने गरे पनि यसपटक गुणस्तरीय चिया आएकाले चियाको तौल पनि बढेको उहाँको भनाइ छ । चियाको यस वर्षको अन्तिम सिजन नै यति बेला भएकाले किसान र उद्योगीले मुख्य फाइदा लिने समय पनि यति बेलै हो ।

यो सिजनको चिया गुणस्तरीय हुने भएकाले अन्तर्राष्ट्रिय बजारमा राम्रो मूल्यमा बिक्ने पनि गर्छ । यो सिजनको चिया अबको १५ देखि २२ दिनसम्म रहन्छ भने त्यसपछि चियाको काँटछाट र गोडमेलको सिजन शुरु हुन्छ ।

मुख्य सिजन भएकाले पनि स्याहारसुसार गर्न धेरै समय चियामा लाग्ने गरेको सूर्योदय नगरपालिकाका अर्का किसान डम्बर प्रधान बताउनुहुन्छ ।

सिजनको शुरुबाटै आन्दोलनका कारण उल्लेखनीय फाइदा लिन नसकेका किसानलाई यो सिजनले केही राहत पुगेको प्रधानको भनाइ छ । अन्तिम सिजनको चिया टिपिसकेपछि भने करीब चार महिनापछि मात्र चिया टिप्ने गरिन्छ ।

Tags: इलाम
Next Post

यमपञ्चक शुरु, काग तिहार भोलि

Related Posts

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल
देशभर

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि
देशभर

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
पोर्चुगलमा नेपाली युवकको मृत्यु
देशभर

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता
देशभर

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!
देशभर

चतुरकाे चातुर्य, आफू निर्विराेध बनेर पारसलाई भिडाए प्रतिस्पर्धी!

२०८० अशोज ६ गते, १६:१५ बजे प्रकाशित
७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री
देशभर

७ महिने कार्यकालमा मध्यमस्तरको परिणाम दिन सफल भएँः पर्यटनमन्त्री

२०८० अशोज ६ गते, १५:४६ बजे प्रकाशित
Next Post
यमपञ्चक शुरु, काग तिहार भोलि

यमपञ्चक शुरु, काग तिहार भोलि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

दलीय राजनीतिमा लाग्दिँन, विकास र सुशासनमा लागिरहन्छु: राष्ट्रपति पौडेल

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १७:०६ बजे प्रकाशित
0

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

पारसले बढाए अग्रता, मल्लभन्दा ८ मतले अगाडि

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:५६ बजे प्रकाशित
0

पोर्चुगलमा नेपाली युवकको मृत्यु

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:४६ बजे प्रकाशित
0

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

क्यानकाे सचिवमा पारसले लिए १ मतकाे अग्रता

by नेपाली हेडलाइन
२०८० अशोज ६ गते, १६:२३ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana