• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

गोलबजारमा गोली लागेर एकको मृत्यु

सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

रुसी आक्रमणमा आठ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

नेपालमा पेट्रोल र हाइड्रोजन दुवै प्रयोग गर्न मिल्ने कारको इन्जिन विकास


    Avatar photo
सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित

काठमाडौं- नेपालमा पेट्रोल र हाइड्रोेजन दुवै इन्धनबाट चल्ने कारको इन्जिन विकास भएको छ ।

Advertisement

काठमाडौं थापागाउँस्थित रिन्यु जेन रिसोर्सेस नेपालले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक र बेलायतको एक विश्वविद्यालयसँग सहकार्य गरी पेट्रोल र हाइड्रोेजन दुबै इन्धनबाट चल्ने कारको इन्जिन विकास गरेको हो ।

दुबै प्रकारका विकल्प सहितको कारको प्रविधिलाई ‘डुअल मोडल हाइड्रोजन कम्बसन इन्जिन’ नाम दिइएको छ ।

‘डुअल मोडल हाइड्रोजन कम्बसन इन्जिन’ जडान गरिएको कारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा आज सोमबार शुभारम्भ गरे ।

पेट्रोल र हाइड्रोजन दुबैबाट चल्ने कारको इन्जिन निर्माणको नेतृत्व रिन्यु जेन रिसोर्सेसका हाइड्रोज विज्ञ डा. प्रकाश थापाले गरेका थिए ।

यो प्रविधि वातावरणमैत्री पनि भएको दाबी गर्दै डा. थापा भन्छन्, ‘तत्कालीन अवस्थामा हाइड्रोजन इन्धनको रिफ्युलिङ स्टेसन उपलब्ध नभएको खण्डमा गाडी चलाउँदाचलाउँदै हाइड्रोजन इन्धन सकियो भने पेट्रोलबाटै चलाउन मिल्छ, यो प्रविधि दक्षिण एसियामै नौलो हो । यसले नेपालको लागि सम्भावनाको नयाँ द्वार खोलेको छ ।’

यो प्रविधिको थप विकास र विस्तार गर्न सके थोत्रा भनेर थन्काइएका सयौं सवारीसाधनलाई पुनः प्रयोगमा ल्याउन सकिने उनले बताए ।

रिन्यु जेन रेसोर्सेस नेपालका कार्यकारी अधिकृत डा। प्रमोद टण्डनले आफूहरुको प्रयास सफल भएकाले गाडी धनीहरुलाई अब पेट्रोल र हाइड्रोजन दुवै प्रकारका ऊर्जा प्रयोग गर्न मिल्ने विकल्प खुल्ला भएको बताए ।

इन्टरनेशनल हाइड्रो पोलिटिक्समा बेलायतबाट पीएचडी गरेका टण्डनले भने, ‘हाइड्रोजन कम्बसन इन्जिन नेपालमै विकास गर्ने सम्बन्धी समझदारी पत्रमा गत वर्ष ६ नोभेम्बरमा हस्ताक्षर भएको थियो, विभिन्न चरणहरु पार गर्दै हामी नेपालका लागि नौलो र वातावरणमैत्री हाइड्रोजन कम्बसन इन्जिनयुक्त कार परीक्षण गर्न सफल भएका छौं ।’

उनी भन्छन्, ‘हाइड्रोजन कम्बसन इन्जिनको सबैभन्दा ठूलो विशेषता के हो भने अहिले चल्तीमा रहेका सवारी साधनकै इन्जिनमा सामान्य फेरबदल गरेर, थोरै खर्चमा सञ्चालन गर्न सकिन्छ ।’

पहिलो चरणको यो प्रविधि सफल भएकाले अब दोस्रो चरणमा नेपालमै शतप्रतिशत हाइड्रोजन राखेर परीक्षण गरिने र त्यसपछि भारतमा समेत यो प्रविधि प्रदर्शन गर्ने लक्ष्य रहेको डा. टण्डनले बताए ।

‘नेपालमा नौलो प्रविधि’

नेपालमा पेट्रोल, डिजल र ग्याँसबाट चल्ने गाडीहरु बढी प्रयोगमा छन् । पछिल्लो समय ब्याट्रीबाट चल्ने गाडीहरुको किनबेच पनि तीव्र भइरहेको छ । यसबीचमा काठमाडौं विश्वविद्यालयले हाइड्रोजनबाट चल्ने हाइड्रोजन फ्युलसेल कार भित्राएपछि त्यसले धेरैको ध्यान तानेको छ ।

अहिले रिन्यु जेन रेसोर्सेस नेपालले विकास गरेको ‘डुअल मोडल’ इन्जिन विकसित मुलुकहरुमा सफल परीक्षण भइसकेको र व्यापारिक प्रयोजनमा समेत गइरहेको छ । तर नेपालमा हालसम्म यस्तो प्रविधिको विकास नभएकाले यसलाई नौलो मानिएको छ ।

हाइड्रोजन नभएको अवस्थामा शतप्रतिशत पेट्रोल राखेर चलाउन समेत सकिने भएकाले यस प्रविधिलाई तुरुन्त व्यापारिक प्रयोजनमा लैजान सकिने दाबी गरिएको छ ।

कति लाग्छ खर्च ?

हाइड्रोजन कम्बसन इन्जिन विकास प्रक्रियालाई नजिकबाट नियालिरहेका त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसका सहायक प्राध्यापक लक्ष्मण मोत्राका अनुसार यो प्रविधि आर्थिक हिसाबले सस्तो र प्राविधिक हिसाबले सजिलो पनि छ । त्यसैले अब हाइड्रोजन कम्बसन इन्जिनको युगमा प्रवेश गर्नुपर्ने उनको मत छ ।

उनी भन्छन्, ‘अहिले चलनचल्तीमा आएको हाइड्रोजन फ्युल सेल मोडलभन्दा थोरै परिवर्तन गरेर डुअल मोडलमा हाइड्रोजनसँगै पेट्रोल–डिजल राखेर चलाउन सकिने भएको हुँदा आर्थिक हिसाबले सस्तो र प्राविधिक हिसाबले सजिलो पनि छ ।’

रिन्यु जेन रिसोर्सेस नेपालका प्रोजेक्ट म्यानेजर युवराज ढकालका अनुसार डुअल मोडल अर्थात् हाइड्रोजन कम्बसन इन्जिन अहिले नेपालमा पेट्रोलियम पदार्थबाट चलिरहेका सबैजसो सवारी साधनमा प्रयोग गर्न मिल्छ । र, यो काम थोरै मात्र खर्चमा गर्न सकिन्छ ।

‘पेट्रोल वा डिजलबाट चल्ने एउटा कारलाई हाइड्रोजनबाट पनि चलाउन मिल्ने बनाउन थोरैमात्र खर्च लाग्ने हाम्रो निष्कर्ष छ’, ढकाल भन्छन्, ‘कति खर्चमा तयार हुन्छ भन्ने कुरा पछि खुल्दै जानेछ ।’

‘लागतको हिसाबले अहिले सडकमा गुडिरहेका लाखौं सवारीलाई विद्युतीय बनाउन सकिने सम्भावना अत्यन्त न्यून छ,’ ढकाल भन्छन्, ‘यस्तो अवस्थामा हाइड्रोजन कम्बसन इन्जिन नेपालका लागि निकै नै उपयोगीसिद्ध हुने विश्वास छ ।’

त्यसका लागि आवश्यक पर्ने हाइड्रोजन उत्पादनलाई बढावा दिन पाइलट प्रोजेक्ट सञ्चालनको गृहकार्यसमेत भइरहेको ढकाल बताउँछन् । ‘२०० किलोवाट हाइड्रोजन उत्पादनका लागि नेपालका हाइड्रोपावर कम्पनीका साथै विदेशी हाइड्रोजन कम्पनीसँग समझदारी समेत भइसकेको छ,’ उनले भने, ‘पूर्व सम्भाव्यता अध्ययन सम्पन्न गरी सम्भाव्यता अध्ययनको चरणमा छ ।’

कानुनी व्यवस्था गर्न मन्त्रालय तयार

गत ४ माघमा बसेको मन्त्रिपरिषद बैठकले ग्रिन हाइड्रोजन नीति स्वीकृत गरेको थियो । तर त्यससँग सम्बन्धित ऐन, नियम र कार्यविधि बनाउन भने बाँकी छ । त्यसैले यसको कार्यान्वयनमा भने अझै समस्याहरु छन् ।

अहिलेका सरकारी ऐन नियमले नेपालका लागि नितान्त नयाँ हाइड्रोजन ऊर्जाको प्रयोगलाई समेट्दैन । त्यसैले यसको प्रयोगसम्बन्धी एकीकृत मापदण्ड बनाउने र प्रचलित कानुनी व्यवस्थामा संशोधन गर्ने तयारी भइरहेको अधिकारीहरु बताउँछन् ।

पेट्रोल र हाइड्रोजन दुबै इन्धनबाट चल्ने कार शुभारम्भ कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नवप्रवर्तन र प्रविधिको विकास सरकारको प्राथमिकतामा रहेको बताए । प्रविधिको उपयोगबाट प्रगति र समृद्धिको यात्रा सहज बनाउन सकिने भन्दै उनले समृद्ध नेपालको लक्ष्य प्राप्त गर्न वैकल्पिक ऊर्जा, प्रविधि र अनुसन्धानलाई प्रोत्साहन गर्न सरकार तयार रहेको बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले हाइड्रोजन नेपालले प्राकृतिक रूपबाट प्राप्त गर्न सक्ने भएकाले औद्योगिक उत्पादन र उपयोगका लागि कानुनी व्यवस्था गर्न मन्त्रालय तयार रहेको बताए ।

सोमबार, भदौ ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि
सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य
डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा
गोलबजारमा गोली लागेर एकको मृत्यु
सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

भर्खरै

  • १.
    मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

  • २.
    चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

  • ३.
    सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

  • ४.
    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

  • ५.
    गोलबजारमा गोली लागेर एकको मृत्यु

  • ६.
    सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

  • ७.
    जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

  • ८.
    किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.