• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, साउन ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

पोखरामा अमेरिकी नागरिकको मृत्यु

सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

आज कहाँ-कहाँ हुनेछ वर्षा ?

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

युक्रेनमा दुई चितुवाका साथ घरकै बेसमेन्टमा फसे एक भारतीय डाक्टर


सोमबार, फागुन २३, २०७८ मा प्रकाशित

Advertisement

एक साता भयो डा. गिरिकुमार पटेल दुई चितुवाका साथ युक्रेनस्थित घरको बेसमेन्टमा फसेको। बाहिर निस्किऊँ रुसी बमबारीमा परिने डर, चितुवासँगै बसौँ तर कतिन्जेल ! असमञ्जसमा छन्, यी भारतीय चिकित्सक।

उनी युक्रेनको रेवेरोदोनेत्स्क शहरमा बस्छन्। यो पूर्वी युक्रेनको डोनबार क्षेत्रको एक सानो शहर हो। उनले यी दुई चितुवा २० महिनाअघि राजधानी किभस्थित चिडियाघरबाट खरिद गरेका थिए। ती दुई जंगली जनावरलाई साथमा लिएर जान नपाउँदासम्म घर नछोड्ने उनको मनोदशा छ।

रुसले युक्रेनको सार्वभौमिकतामाथि निरन्तर अमानवीय आक्रमण थालेयता उनी घरको बेसमेन्टमै बस्छन्, दुई चितुवाका साथ। ४० वर्षीय उनी अविवाहित हुन्। कफ्र्यू हटेको समयमा मात्र उनी ती दुई चितुवा र आफूलाई भोजन खरिद गर्न घरबाहिर निस्किन्छन्।

भाले चितुवा (जगुवार) २० महिनाको हो। र, अर्को ६ महिनाको पोथी हो। भाले चितुवा जगुआर आमा र चितुवा बाबुको सन्तान हो।

युद्ध शुरु भएयता गिरिकुमारले ती दुई जंगली जनावरका लागि नजिकको गाउँबाट २३ किलो भेडा, टर्की र कुखुरा खरिद गरेका छन्। सामान्य अवस्थामा भन्दा उनले मासु खरिद गर्न चार गुणा ज्यादा रकम खर्चिनुप¥यो।

‘म घरको बेसमेन्टमा यी दुई जनावरका साथ रात बिताइरहेको छु। हाम्रो चारैतर्फ व्यापक बमबारी भइरहेको छ,’ उनी भन्छन्, ‘बम विष्फोटको आवाजबाट मेरा घरपालुवा यी दुई जनावर धेरै डराएका छन्। यिनीहरूले कम खाइरहेका छन्। यस्तो अवस्थामा यिनलाई छाडेर कतै जान सक्दिनँ।’

‘यो लडाईंको सामना मेरो दोस्रो अनुभव हो। तर, यसपटकको लडाईं ज्यादा डरलाग्दो छ,’ उनी भन्छन्। गिरिकुमार पहिले लुहान्स्कमा बस्थे, जहाँ रुसको समर्थनप्राप्त विद्रोहीहरू सन् २०१४ मा युद्धविराम सम्झौताका बावजुद सरकारी सेनासँग लडिरहेका छन्। सोही लडाईंका क्रममा लुहान्स्को उनको घर र उनले खोलेको रेस्टुराँ ध्वस्त भए।

त्यसपछि उनी करिब एक सय किलोमिटर टाढा सेवेरोदोनेत्स्कमा सरेका हुन्। त्यहाँ नयाँ घर खरिद गरे, मेडिकल प्राक्टिस शुरु गरे अनि दुई चितुवा खरिद गरेर पाल्न थाले। ‘लडाईंको बीचमा फसेको छु। यसपटक ज्यादा चिन्तित छु। मेरा मातापिता भारतस्थित घरबाट निरन्तर फोन गरिरहनुभएको छ। तर, म यी पशुहरूलाई छोड्न सक्दिनँ,’ उनी भन्छन्।

उनको स्थायी बसोबास भारत आन्ध्रप्रदेशमा हो। उनी सन् २००७ मा मेडिकल शिक्षा हासिल गर्न युक्रेन पुगेका हुन्। त्यसपछि उतै बस्दै आएका छन्।

उनले किभस्थित चिडियाघरबाट २० महिनाअघि ३५ हजार डलर खर्चेर यी पशुहरूलाई खरिद गरेका हुन्। उनका अनुसार युक्रेनको चिडियाखाना प्रशासनले जंगली जनावरलाई घरमा पाल्न अनुमति दिने गर्छ। तर, त्यसका लागि पर्याप्त ठाउँ हुनुपर्छ।

युक्रेनमै उनले अर्थोपेडिक चिकित्सकको अभ्यास थालेका हुन्, युक्रेनमा। उनी सेवेरोदोनेत्स्कस्थित सरकारी अस्पतालमा पनि काम गर्छन्। युद्ध शुरु भएयता उनी काम गर्ने सरकारी अस्पताल बन्द छ। ६ कोठे घरमा बसेर उनी प्राइभेट मेडिकल प्राक्टिस पनि गर्छन्।

उनको कमाइको ज्यादा हिस्सा ती जंगली जनावरको पालनपोषणमै जान्छ। उनले घरमा तीनवटा कुकुर पनि पालेका छन्। उनी युट्युब च्यानलमार्फत ती जनावरका लागि खर्च जुटाउने प्रयास पनि गर्छन्। उनको युट्युब च्यानलमा ८५ हजार सब्सक्राइबर्स छन्।

‘दक्षिण भारतीय फिल्ममा मैले अभिनेता चिरञ्जीवीलाई चितुवासँग देखेको थिएँ। त्यसपछि यी ठूला बिरालासँग म मन्त्रमुग्ध रहँदै आएको छु,’ उनी भन्छन्। उनी आफ्नो घरमा कुकुर, बिराला र चराहरू पाल्न अधिक रुचाउँछन्। हाइस्कुल र कलेजको पढाइका क्रममा उनले तेलगु फिल्ममा अभिनयको प्रयास पनि गरेका थिए।

युक्रेनमा पनि गिरिकुमारले स्थानीय फिल्म र सिरिजमा विदेशी कलाकारका रूपमा अभिनय पनि गरेका छन्। उनको घर रुसको सीमाबाट करिब ८० कीमी टाढा पर्छ। बिजुली र इन्टरनेट सेवा अवरुद्ध छ, त्यस इलाकामा। जब इन्टरनेट उपलब्ध हुन्छ, सामाजिक सञ्जालमा भिडियो पोस्ट गरिहाल्छन्। ‘म यहाँ एक्लो भारतीय हुँ। राति छिमेकमा एक्लै हुन्छ। मेरा अधिकांश छिमेकी आ–आफ्ना गाउँ गइसकेका छन्। म भने कतै गइरहेको छैन,’ उनी भन्छन्।

बीबीसी हिन्दीबाट

सोमबार, फागुन २३, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !
प्रदेशको राजनीतिले फेरि बामपन्थीलाई एकै थलोमा उभ्याउँदै ! सिद्धान्तको एकता कि सत्ताको बाध्यता ?
झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !
झटारो : सरकार, तिमी हरायौ कि जनता हराए ?

भर्खरै

  • १.
    पोखरामा अमेरिकी नागरिकको मृत्यु

  • २.
    सियाटल फुड फेस्टिभलमा गोलीकाण्ड, दुईको मृत्यु

  • ३.
    साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको लर्काे

  • ४.
    काँकडभिट्टा–लौकही सडक विस्तारको पूर्वी खण्डमा ३८ प्रतिशत प्रगति

  • ५.
    आत्मदाह प्रयासपछि घाइते चौधरीको मृत्यु

  • ६.
    मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ७.
    नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग उद्घाटन गरिँदै

  • ८.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.