काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन प्रवेशद्वारबाट अवैध रुपमा भन्सार छली लैजान लागेको सुनजस्तो देखिने पहेँलो धातु करिब २७२.३७ ग्रामसहित एनजना पक्राउ परेका छन्।
काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-८ घर भएका ३९ वर्षीय रामसुन्दर श्रेष्ठलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
उक्त ढोकामा जाँच गर्ने क्रममा तीन थान बेरूवा औँठीको रूपमा ल्याएको ५४.९७ ग्राम र पेन्टीभित्र फल्स बटमा बनाई प्लाष्टिकले बेरेर ल्याएको सुन जस्तो देखिने पहेँलो रङ्गको अर्धठोस वस्तु करिब २१७.४० ग्रामसहित उनलाई पक्राउ गरेको हो।
बरामद सुनसहित उनलाई भन्सार कार्यालय सिनामङ्गल बुझाइने छ।