Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home विश्व/भूराजनीति

अजरबैजानका भ्रष्टाचारविरोधी पत्रकार पक्राउ

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०८० मंसिर ५ गते, १७:३६ बजे प्रकाशित
in विश्व/भूराजनीति
0
अजरबैजानका भ्रष्टाचारविरोधी पत्रकार पक्राउ
76
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं– अजरबैजानले मङ्गलबार राजनीतिक अभिजात वर्गमा भ्रष्टाचारको अनुसन्धान गर्ने दुई पत्रकारलाई हिरासतमा लिएको उनीहरूका वकिलहरूले बताएका छन्। कडा नियन्त्रण भएको क्यास्पियन मुलुक अजरबैजानमा मिडियालाई लक्षित गर्ने नयाँ कानूनी मुद्दामा उनीहरूलाई हिरासतमा लिइएको हो।

ऊर्जा समृद्ध यो मुलुकमा लामो समयसम्म अलियेभ वंशले शासन गरेको छ। असहमतिका सङ्केतहरूले सामान्यतया अजरबैजानमा कडा सरकारी प्रतिक्रियाको सामना गर्नुपर्छ।

“प्रहरीले मङ्गलबार अब्जास मिडियाका प्रधानसम्पादक सेभिन्ज भागिफ्जीलाई युरोपबाट बाकु फर्कंदा हिरासतामा लिएको छ र उहाँको घरको खानतलासी गरेको छ”, उनका वकिल एल्चिन सादिगोभले भने।

सोमबार मिडिया आउटलेटका निर्देशक उल्भी हसनलीलाई विदेशी मुद्रा तस्करी गरेको आरोपमा पक्राउ गरिएको उनका वकिल जिबेदा सादिगोभाले बताए। “हसनलीले स्वयंलाई दोषी मान्नुभएको छैन र आरोपहरू निराधार रहेको बताउनुभएको छ”, सादिगोभाले भने, “हसनलीलाई १२ वर्षसम्मको जेल सजायको खतरा छ।”

हिरासतमा हसनलीसँग ‘अमानवीय व्यवहार’ गरिएको अब्जास मिडियाले बताएको छ। हसनलीलाई हिरासतमा कुटपिट वा दुर्व्यवहार गरेको रिपोर्टबाट ‘चिन्तित’ भएको अधिकार समूह एमनेस्टी इन्टरनेसनलले एक विज्ञप्तिमा भनेको छ।

“उहाँको गिरफ्तारी अधिकारीहरूले उनीहरूको असहमतिलाई दबाउनका लागि गिरफ्तार गरिएका आलोचकहरूको ढाँचासँग मेल खान्छ”, एमनेस्टी इन्टरनेसनलको दक्षिण ककेसस अनुसन्धानकर्ता नतालिया नोजाड्जेले भनिन्, “हसनलीले अजरबैजान मा उच्चस्तरीय भ्रष्टाचारका आरोपहरू दृढताका साथ पर्दाफास गर्नुभएको छ र सार्वजनिक हितका महत्त्वपूर्ण मुद्दाहरूलाई समेट्नुभएको छ, उहाँले विगतमा पनि सरकारबाट बारम्बार उत्पीडनको सामना गर्नुपरेको छ।”

जुलाईमा अजरबैजानले उच्च प्रोफाइल राजनीतिक अर्थशास्त्री तथा नागरिक कार्यकर्ता गुबाड इबाडोग्लुलाई विभिन्न वित्तीय अपराधको आरोपमा पक्राउ गरेको थियो। इबाडोग्लुले ती आरोपलाई झुटो भन्दै अस्वीकार गरेका छन्। अजरबैजानमा उच्चस्तरीय भ्रष्टाचार उजागर गरेको प्रतिशोधमा आफूमाथि आरोप लगाइएको उनले बताए।

राष्ट्रपति इल्हाम अलियेभको सरकारले मुलुकको खराब प्रजातान्त्रिक रेकर्डका कारण लामो समयदेखि अन्तर्राष्ट्रिय आलोचनाको सामना गर्नुपरेको छ। अलियेभले आफ्ना बुबा हेदरपछि सन् २००३ देखि मुलुकमा कठोर शासन सञ्चालन गर्दै आएका छन्।

Previous Post

टिकटकको विकल्पमा आयो नेपाली एप ‘रमाइलो’

Next Post

श्रीलंकाबाट सर्‍यो यू-१९ क्रिकेट विश्वकप

Related Posts

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु
विश्व/भूराजनीति

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

२०८० मंसिर १६ गते, २१:०३ बजे प्रकाशित
इरानको दक्षिणपूर्वी क्षेत्रमा चार प्रहरीको गोली हानी हत्या
विश्व/भूराजनीति

पोलियो उन्मूलन टोलीमाथि गोली चल्दा पाकिस्तानमा दुई जनाको मृत्यु

२०८० मंसिर १६ गते, १२:२१ बजे प्रकाशित
हमास युद्धमा एकै दिन ७०० भन्दा बढी मारिए
विश्व/भूराजनीति

गाजामा इजरायलको नयाँ आक्रमणः कम्तीमा ३२ जनाको मृत्यु

२०८० मंसिर १५ गते, २०:३६ बजे प्रकाशित
छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनामा परी छ जनाको मृत्यु
विश्व/भूराजनीति

सडक दुर्घटनामा ओडिशामा ८ जनाको मृत्यु

२०८० मंसिर १५ गते, १८:०५ बजे प्रकाशित
फेरि युद्ध सुरु इजरायल र हमासबीच
विश्व/भूराजनीति

फेरि युद्ध सुरु इजरायल र हमासबीच

२०८० मंसिर १५ गते, १२:२७ बजे प्रकाशित
इरानमा लागुऔषध पुनःस्थापना केन्द्रमा आगलागी, २७ को मृत्यु
विश्व/भूराजनीति

कजाकिस्तानको छात्रवासमा आगलागी हुँदा १३ को मृत्यु

२०८० मंसिर १४ गते, १६:२० बजे प्रकाशित
Next Post
साउदीलाई ३०१ रनले पराजित गर्दै नेपाल सेमिफाइनलमा

श्रीलंकाबाट सर्‍यो यू-१९ क्रिकेट विश्वकप

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

बराबरीमा रोकिए ललितपुर र धनगढी

बराबरीमा रोकिए ललितपुर र धनगढी

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २१:२४ बजे प्रकाशित
0

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २१:०३ बजे प्रकाशित
0

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २०:३५ बजे प्रकाशित
0

‘पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ’

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २०:१९ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist