Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home देशभर

आयश्रोतको माध्यम बन्दै पुष्पखेती

नेपाली हेडलाइन by नेपाली हेडलाइन
२०८० मंसिर ५ गते, ८:५० बजे प्रकाशित
in देशभर, हेडलाइन
0
देवचुलीमा सामूहिक पुष्प खेती
73
SHARES
Share on FacebookShare on Twitter

कञ्चनपुर- कञ्चनपुरमा पुष्पखेतीमा किसानको आकर्षण बढेको छ । स्वदेशमै थोरै लगानीमा गतिलो आम्दानी हुन थालेपछि पुष्पखेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको हो ।

प्लाष्टिक मालाको प्रयोग प्रतिबन्ध गर्नुका साथै विदेशबाट फूल आयातमा रोक लगाएपछि स्थानीयस्तरमै किसान फूलखेती गर्न थालेको भीमदत्त नगरपालिका–३ का किसान जनकबहादुर सिंहले जानकारी दिनुभयो । “पुष्पखेती गर्नेको सङ्ख्या बर्सेनि बढ्दै गएको छ । यसबाट मुनाफा पनि राम्रै हुन्छ”, उहाँले भन्नुभयो, “थोरै लगानीमा स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ ।”

सिंह कृषि ज्ञान केन्द्र कञ्चनपुरमा प्राविधिक सहायक पदमा कार्यरत हुनुहुन्छ । उहाँले भीमदत्त नगरपालिका–३ भाँसीस्थित जानकी कन्या माध्यमिक विद्यालयको जमिन भाडामा लिएर सात कट्ठा क्षेत्रफलमा फूलखेती गर्नुभएको छ । दुई वर्षयता व्यावसायिक पुष्पखेती गरिरहेका उहाँले यसअघि भीमदत्तकै तिलकपुरमा फूलखेती गर्नुभएको थियो । यस वर्ष दसैँतिहारमा विगतभन्दा फूल कम बिक्री भएको उहाँको भनाइ छ ।

“यस वर्ष फूल बिक्री गर्न निकै गाह्रो भयो, गत वर्ष माग पूर्ति गर्नै सकिएको थिएन”, उहाँले भन्नुभयो, “तिहारको समय ढिलो भएकाले स्थानीय फूल छ्यापछ्याप्ती भए, त्यसैले सोचेअनुसार फूल बिक्री नभएको हो ।” उहाँका अनुसार चाडबाडको समयमा यस वर्ष महेन्द्रनगर क्षेत्रमा एक क्विन्टल फूल र रु तीन सयसम्ममा उनेका फूलका माला बिक्री भएका छन् ।

फूलको मूल्य रु पाँच सय प्रतिकिलोग्राम र मालाको रु एक सय दर तोकिएको थियो । फूल बिक्री गर्न हम्मेहम्मे परेपछि किसानले यसपटक सस्तोमै बिक्री गर्नुपरेको उहाँको भनाइ छ । कञ्चनपुरको दोधारा चाँदनी, कृष्णपुर र बेलौरीमा तुलनात्मकरूपमा अन्य ठाउँभन्दा बढी क्षेत्रफलमा पुष्पखेती गरिएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार झण्डै दुई सय जनाले चार हेक्टर क्षेत्रफलमा फूलखेती गरेका छन् ।

“एक कठ्ठादेखि सात कट्ठा क्षेत्रफलसम्म फूलखेती गरिएको छ । विदेशी फूल ल्याउन नदिने प्रावधानपछि यहाँका किसानलाई फूलखेतीको चेतना जागेको छ”, उहाँले भन्नुभयो, “यसपटक तिहारमा बाहिरबाट फूल ल्याउन परेन, स्थानीयस्तरकै फूलले माग पूर्ति भएको छ ।”

सयपत्री, मखमली र कटफलावर प्रजातिका फूलको खेती बढी हुने गरेको उहाँले बताउनुभयो । पुष्प व्यवसायमा किसानको आकर्षण बढ्दै गएपछि दसैँ तिहार, विवाह, व्रतबन्ध, सभा–समारोहमा प्रयोग हुने फूलमाला बाहिरबाट आयात गर्नुपर्ने बाध्यता हटेको छ ।

Previous Post

माछा पार्ने क्रममा करेन्ट लागेर दम्पतीको मृत्यु

Next Post

बैटारीमा अकबरे खुर्सानीको व्यावसायिक खेती

Related Posts

बराबरीमा रोकिए ललितपुर र धनगढी
खेलकुद

बराबरीमा रोकिए ललितपुर र धनगढी

२०८० मंसिर १६ गते, २१:२४ बजे प्रकाशित
सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु
विश्व/भूराजनीति

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

२०८० मंसिर १६ गते, २१:०३ बजे प्रकाशित
‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’
देशभर

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

२०८० मंसिर १६ गते, २०:३५ बजे प्रकाशित
देशभर

‘पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ’

२०८० मंसिर १६ गते, २०:१९ बजे प्रकाशित
दोसल्लेका किसानले बेचे २ करोडको सुन्तला
देशभर

गण्डकी प्रदेशमा उत्पादित सुन्तला विराटनगरमा

२०८० मंसिर १६ गते, १९:४२ बजे प्रकाशित
लागूऔषध दुर्व्यसन   नियन्त्रणमा समाजका सबै वर्ग लाग्नुपर्ने
देशभर

भूमिहीन किसानलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता

२०८० मंसिर १६ गते, १९:२४ बजे प्रकाशित
Next Post
बैटारीमा अकबरे खुर्सानीको व्यावसायिक खेती

बैटारीमा अकबरे खुर्सानीको व्यावसायिक खेती

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

बराबरीमा रोकिए ललितपुर र धनगढी

बराबरीमा रोकिए ललितपुर र धनगढी

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २१:२४ बजे प्रकाशित
0

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २१:०३ बजे प्रकाशित
0

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २०:३५ बजे प्रकाशित
0

‘पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ’

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २०:१९ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist