Sunday, December 3, 2023
Nepaliheadline
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज
No Result
View All Result
Nepaliheadline
No Result
View All Result
Home लङरिड

फूल नै पेशा, फूलमै भविष्‍य !

शलिना कुँवर by शलिना कुँवर
२०८० कार्तिक २७ गते, १७:१३ बजे प्रकाशित
in लङरिड
0
फूल नै पेशा, फूलमै भविष्‍य !
96
SHARES
Share on FacebookShare on Twitter

काठमाडौं- कैलालीको लम्कीचुहा नगरपालिका-३ की २२ वर्षीया सुमन चलाउनेलाई तिहार लागेसँगै खाना खाने फुर्सद छैन। व्यावसायिक रूपमै सयपत्री फूल खेतीमा सक्रिय उनलाई फूल बिक्रीको चटारो छ।

सुमन कृषिकी विद्यार्थी हुन्। अहिले उनी पृथु टेक्निकल कलेज लमही दाङमा स्‍नातक चौथो वर्षमा अध्ययनरत छिन्। कृषि पढेकाले तरकारी खेती गर्नु सुमनको मुख्य काम हो। र, आफ्नो रुचिको क्षेत्रमा काम गर्दा सफलता र सन्तुष्‍टि दुवै पाउन सकिने उनको ठम्याइ छ।

सानैदेखि नेपाल कृषि प्रधान देश भनेको सुन्दै र देख्दै आएकी थिइन्, उनले। आफ्नो बारीमा लहलह धानका बाला झुल्दा र लटरम्म तरकारी फलेको देख्दा उनलाई साँच्चै आफू कृषि प्रधान देशमा जन्मेको भान हुन्थ्यो। सुमन स्वयं किसान छोरी हुन्। त्यसकारण बचपनदेखि नै माटोसँग नजिक रहिन्। यिनै कुराले पनि होला सुमनले एसएलसीपछिको पढाइमा पनि कृषि विषय नै रोजिन्।

उसो त, उनले फूल खेती थालेको धेरै वर्ष भएको छैन। कोरोना महामारीका कारण मुलुकले लकडाउन झेलिरहँदा उनले दुई कट्ठा जमिनमा सयपत्री रोपेकी थिइन्। त्यतिबेला उनको उमेर मात्र २० थियो।

घरमै राखेको सयपत्रीको बीउ छरेर बेर्ना उत्पादन गरी उनले असारमा रोपेकी थिइन्। त्यही फूल स्थानीय बजारमै बिक्री गर्न उनलाई भ्याइनभ्याई भएको थियो, पहिलो वर्ष नै। त्यसबाट उनले १० हजार रुपैयाँ आम्दानी गरिन्।

पहिलो वर्ष नै फूल खेतीबाट राम्रै आम्दानी भएपछि गत वर्ष सुमनले १५ कट्ठामा सयपत्री रोपिन्। त्यसमध्ये सात कट्ठा उनको आफ्नै थियो भने बाँकी आठ कट्ठा भाडामा लिएकी थिइन्। त्यसका लागि उनले बीउ भने चितवन र बुटवलबाट ल्याएकी थिइन्।

गत वर्ष उनले आफ्नै सात कट्ठामा लगाएको फूल तिहार लाग्नु अघिदेखि नै बिक्री गरिन्। बाँकी आठ कट्ठाको फूल संघीय र प्रदेश सभा चुनावको समयमा बिक्री गरिन्। बजारमा बिक्री गर्ने प्लास्टिकको मालालाई सरकारले निषेध गरेकाले आफ्नो उत्पादनले बजार पाउन सकेको सुमनको बुझाइ छ।

उनले फूल बिक्री गर्दा होलसेल र खुद्राका लागि बेग्लाबेग्लै मूल्य निर्धारण गरेकी थिइन्। खुद्रामा प्रतिकिलो ५ सय र होलसेलमा प्रतिकिलो ४ सय रुपैयाँमा बिक्री गरिन्। भन्छिन्, ‘माला भने १ सयदेखि १२० रुपैयाँसम्ममा बिक्री गरेकी थिएँ।’ फूल र माला गरी १५ कट्ठामा रोपेको सयपत्रीबाट उनले करिब ५ लाख रुपैयाँ आम्दानी गरिन्।

यस वर्ष पनि सुमनले आफ्नै १० कट्ठामा सयपत्री रोपेकी छन्। यसपटक उनले भारतबाट बीउ ल्याएकी थिइन्। नेपालको बीउबाट राम्रो उत्पादन नभएकाले भारतबाट १९ हजार रुपैयाँ प्रतिकिलो पर्ने सयपत्रीको २ किलो बीउ मगाएकी थिइन्।

यस वर्ष उनको बारीमा पोहोरको भन्दा राम्रो फूल उत्पादन भएको छ। र, यस वर्ष उनले प्रतिकिलो ४५० देखि ५०० र माला १०० देखि १५० रुपैयाँसम्ममा बिक्री गरिरहेकी छन्।

कामसँगै पढाइलाई पनि निरन्तरता दिएकी छन्, सुमनले। त्यसैले फूल खेतीमा पूरै समय दिन सकेकी छैनन्। त्यसकारण कामको चटारो पर्दा छिरछिमेककै १०-२० जनालाई दैनिक ज्यालादारीमा लगाउने गर्छिन्।

यसपालि काग तिहारसम्म एक क्‍विन्टल फूल स्थानीय बजारमै बिक्री भइसकेको छ। बाँकी फूल बिक्री हुने क्रममा छ। स्थानीय लम्की बजारमै फूलको माग अत्यधिक रहेकाले उनलाई बिक्री गर्न समस्या छैन। बरु स्थानीय बजारको माग धान्‍न बाहिरबाट पनि फूल मगाएर माला बनाई बिक्री गर्छिन्।

‘गरे के हुँदैन’ भन्‍ने लोकोक्तिको ज्वलन्त उदाहरण हुन्, सुमन। आफू  कृषिमा आकर्षित हुनुको पछाडि बुवाको मुख्य हात रहेको बताउँछिन्। तीन वर्षदेखि पुष्‍प खेतीमा संघर्ष गरिरहेकी उनलाई कहीं कतैबाट सहयोग मिलेको छैन। जति गरेकी छन्, आफ्नै बलबुताले गरेकी छन्।

फूलको बीउ खरिद गर्दा होस् या अन्य प्रकारको, हरेक कुरामा उनलाई बुवाले नै साथ दिँदै आएका छन्। त्यसबाट थप ऊर्जा मिलेको उनी बताउँछिन्।

उनका अनुसार सरकारले अन्य हरेक विषयमा अनुदान दिएको छ। तर, कृषि पढ्दै गरेका विद्यार्थीले पुष्‍प खेती गरी देशलाई फूलमा आत्मनिर्भर बनाउन प्रयास गरिरहँदा कुनै प्रकारको अनुदानको व्यवस्था नगरेकामा उनलाई ताज्जुब लाग्छ। ‘कृषिमै भविष्‍य खोजेका युवालाई आफ्नै देशमा केही गरून् भन्‍ने हिसाबले प्रोत्साहन गर्न पनि अनुदान दिइनुपर्ने हो। तर, दिइँदैन,’ भन्छिन्, ‘धान, गहुँ र आलुमा अनुदान दिइन्छ। फूल खेतीमा भने अनुदान दिने व्यवस्था खै कहिले लागू हुन्छ ?’

०००

दाङको शान्तिनगर गाउँपालिका-६ का २४ वर्षीय इजन केसीले पनि गत वर्षदेखि पुष्‍प खेती थालेका छन्। नेपालमा हरेक वर्ष तिहारको माग धान्‍ने नाममा भारतबाट फूल आयात हुने गर्छ। हरेक वर्ष माग धेरै हुने तर आवश्यकता पूरा गर्न भारतीय उत्पादनको मुख ताक्नुपर्ने प्रवृत्तिबाट वाक्कदिक्क भएका इजनले स्‍नातक सकाउने बित्तिकै आफ्नै तीन रोपनी जमिनमा साथी प्रसिद्ध डाँगीसँग साझेदारीमा फूल खेती शुरु गरेका थिए।

उसो त, इजनले कृषि विषयमै स्‍नातक गरेका छन्। आफू कृषिको विद्यार्थी भएको नाताले पनि उनले आफ्नै देशमा केही गर्नुपर्छ भन्‍ने सोच बनाएका थिए। तरकारी खेती प्रायः धेरैले गरिरहेका हुन्छन्। तर, फूल खेती कसै-कसैले मात्र गर्ने भएकाले आफूले यसतर्फ आकर्षित भएको उनको भनाइ छ।

गत वर्ष तीन रोपनीमा उनले काठमाडौंस्थित कर्मा कम्पनीबाट बीउ ल्याई रोपेका थिए। तर, दशैंको समयमा पानी पर्‍यो। पानी पर्दा फूल फूल्नका लागि आवश्यक तापक्रम पुगेन। र, सोचेजति राम्रो उत्पादन भएन। जे-जति फूल उत्पादन भएको थियो, त्यो दाङकै स्थानीय बजारमा प्रतिकिलो खुद्रा ५ सय र होलसेलमा ४५० रुपैयाँका दरले बिक्री गरेका थिए। भन्छन्, ‘गत वर्ष दाङमा फूलको अभाव थियो। त्यसकारण माला पनि २ सय रुपैयाँमा बिक्री गरेका थियौं।’

तीन रोपनीमा ४ क्‍विन्टल फूल उत्पादन गरेका इजन र प्रसिद्धले करिब डेढ लाख रुपैयाँ आम्दानी गरेका थिए। असारमा बेर्ना रोपेका उनीहरूलाई परिवारका सदस्यको पनि साथ सहयोग मिलेको थियो।

यस वर्ष उनीहरूले फूल खेतीलाई ६ रोपनीमा विस्तार गरेका छन्। र, पोहोरको भन्दा राम्रो फूल उत्पादन भएको छ। उत्पादित फूल यस वर्ष स्थानीय बजारको मात्र भर नपरी झापा, काठमाडौं, कैलाली र बुटवलमा पनि डेलिभरी गरिरहेको इजन बताउँछन्।

उनका अनुसार काठमाडौं, झापा, बुटवल र कैलालीमा फूल पठाउन बारीबाटै सस्तोमा दिइन्छ। र, डेलिभरी गर्ने मानिसले त्यसवापत पैसा लिन्छन्। उनको बारीबाट फूल काठमाडौं पठाउन ४०० देखि ५०० रुपैयाँ डेलिभरी चार्ज तिर्नुपर्छ।

यस वर्ष फूलको मूल्य एकै किसिमको नरहेको उनको भनाइ छ। उनका अनुसार ठाउँ र मागअनुसार प्रतिकिलो ३०० देखि ५०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ। भन्छन्, ‘यो वर्ष लक्ष्‍मीपूजासम्म चार क्‍विन्टल फूल बिक्री भइसक्यो।’

गत वर्ष फूल खासै राम्रो उत्पादन नहुँदा करिब डेढ लाख आम्दानी गरेका इजन र प्रसिद्धको यस वर्ष करिब पाँच लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान छ। पेशाले शिक्षक इजन १० देखि ५ बजेसम्म विद्यालयमा व्यस्त रहन्छन्। साँझ-बिहानको फुर्समा उनी बारीमा भेटिन्छन्।

Previous Post

टिकटक बन्द भएपछि विश्वप्रकासको प्रश्न- प्रधानमन्त्रीज्यु, गर्धनमा पिलो आयो भने गर्धननै काट्नुहुन्छ?

Next Post

अभिव्यक्ति स्वतन्त्रताको घ्वाँस दिनेहरू निरंकुशताको बाटोमाः लिङ्देन

Related Posts

कुलमानको बिजुली बट्टा
feature-news-with-image

कता गए नाति राजाका जन्ती ?

२०८० मंसिर १६ गते, १३:३९ बजे प्रकाशित
१९ वर्षदेखि दलालले बेपत्ता बनाएकी छोरी खोजिरहेका बाबु-आमा !
लङरिड

१९ वर्षदेखि दलालले बेपत्ता बनाएकी छोरी खोजिरहेका बाबु-आमा !

२०८० मंसिर १४ गते, १०:४० बजे प्रकाशित
मेयर–उपमेयर विवाद उत्कर्षमा, शिक्षक धर्नामा !
लङरिड

मेयर–उपमेयर विवाद उत्कर्षमा, शिक्षक धर्नामा !

२०८० मंसिर १३ गते, ९:४९ बजे प्रकाशित
२५ पटकका विश्‍व कीर्तिमानी थानेश्‍वर, नेपालबाट कस्ता रेकर्ड?
लङरिड

२५ पटकका विश्‍व कीर्तिमानी थानेश्‍वर, नेपालबाट कस्ता रेकर्ड?

२०८० मंसिर १२ गते, १४:०७ बजे प्रकाशित
के दुर्गा प्रसाईंका माग जायज छन् ?
लङरिड

के दुर्गा प्रसाईंका माग जायज छन् ?

२०८० मंसिर ११ गते, १७:१९ बजे प्रकाशित
निर्दोष भारतीय पत्रकार कसरी थुनिए नेपालमा?
लङरिड

निर्दोष भारतीय पत्रकार कसरी थुनिए नेपालमा?

२०८० मंसिर १० गते, १५:४० बजे प्रकाशित
Next Post
अभिव्यक्ति स्वतन्त्रताको घ्वाँस दिनेहरू निरंकुशताको बाटोमाः लिङ्देन

अभिव्यक्ति स्वतन्त्रताको घ्वाँस दिनेहरू निरंकुशताको बाटोमाः लिङ्देन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

जस्टइन

बराबरीमा रोकिए ललितपुर र धनगढी

बराबरीमा रोकिए ललितपुर र धनगढी

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २१:२४ बजे प्रकाशित
0

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

सोमालियामा बाढीका कारण एक सय जनाको मृत्यु

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २१:०३ बजे प्रकाशित
0

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

‘काठमाडौँ वरपरका जिल्लाको विकास गर्ने समय आयो’

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २०:३५ बजे प्रकाशित
0

‘पार्टीलाई बलियो बनाउने अभियानमा लागौँ’

by नेपाली हेडलाइन
२०८० मंसिर १६ गते, २०:१९ बजे प्रकाशित
0

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित
सञ्चालक : निशेष पोखरेल
प्रधान सम्पादक : उपेन्द्र पोखरेल
संवाददाता : शलिना कुँवर
डेस्क : सुदीप बराल
प्रदेश १ ब्युरो : हिमाल राई
लुम्बिनी ब्युरो : अस्मिता अधिकारी
प्रधान कार्यालय : मध्य बानेश्वर, काठमाडौं
सूचना विभाग दर्ता नम्बर : २६७३/०७७-७८
सम्पर्क नम्बर : ९८५१३२९७८२
विज्ञापनका लागि सम्पर्क : ९८२०२२९३७६

No Result
View All Result

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

No Result
View All Result
  • हाेमपेज
  • विश्व/भूराजनीति
  • दृष्टि/संवाद
  • देशभर
  • लङरिड
  • अन्य
    • इलेक्सन वाच
    • खेलकुद
    • विज्ञान/प्रविधि
    • सिनेमा/आर्ट्स
    • हेल्थ/फुड टिप्स
    • कल्चर/हेरिटेज

© Dharmadevi Media Pvt. Ltd 2020 ।। Website Design By : IT Karkhana

Welcome Back!

Login to your account below

Forgotten Password? Sign Up

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
{ description: "MonsterInsights custom dimension", displayName: "Wp User Id", name: "properties/361750205/customDimensions/6261139764", parameterName: "wp_user_id", scope: "EVENT", },

Add New Playlist