काठमाडौं- बाँके नेपालगंज उपमहानगरपालिका-१५ जमुनाह चोकबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित कोहलपुर नगरपालिका-५ रझेना बस्ने २२ वर्षीय सनिस केसीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका केसीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी धरान उपमहानगरपालिका-१६ भीमसेन पथबाट करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने २४ वर्षीय प्रविण भूजेललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । संघीय प्रहरी ईकाइ कार्यालय धरान र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
पर्सा वीरगंज महानगरपालिका-१६ रजयन्ती चौकबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५ सय ८३ टयाब्लेट सहित धादिङ गजुरी गाउँपालिका-३ बस्ने २२ वर्षीय सूर्य ल्हो तामाङलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।