पाकिस्तानको सिन्ध प्रान्तको एक अदालतले ‘ईशनिन्दा’को आरोपमा एक हिन्दू प्राध्यापकलाई जन्मकैद तोकेको छ।
त्यसविरुद्ध उनका आफन्तजनले उच्च अदालतमा चुनौति दिने तयारी गरेका छन्। सरकारी वकिलहरूका अनुसार १४ सेप्टेम्बर २०१९ मा अब्दुल अजिज खान नामक व्यक्तिले ती प्राध्यापकविरुद्ध उजुरी दिएका थिए।
अब्दुलका छोरा पढ्ने विद्यालयमा आएर ती प्राध्यापकले ‘ईशनिन्दा’ गरेको आरोप लगाइएको छ। अब्दुलको दाबीअनुसार अन्य दुई व्यक्तिले पनि उनले ‘ईशनिन्दा’ गरेको सुनेका थिए।
अदालतकी एक न्यायाधीशले सोही दाबीलाई सदर गर्दै प्राध्यापकलाई जन्मकैद सुनाएकी हुन्। प्राध्यापकसँग कुनै दुश्मनी नरहेको देखिँदा उनले गरेको ‘ईशनिन्दा’ सदर हुने फैसला ती न्यायाधीशले सुनाएकी हुन्।