काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलको कार्गो कम्प्लेक्सबाट आवश्यक कागजात विना निर्यात गर्न लागिएको करिब ३ केजी सिलाजित जस्तो देखिने अर्धठोस पदार्थ सहित काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-६ घर भएका २१ वर्षीय अनिल बुढाथोकीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
कार्गो कम्प्लेक्सको एक्सपोर्टतर्फको एक्सरे एरियामा प्रहरीले स्क्रिनिङ गर्ने क्रममा डिएचएल एक्सप्रेस नेपाल प्रालि, काठमाडौं नेपाल केयुके बिल्डिङ सिनामंगलको स्टिकर सहित ट्याग लगाएको कार्टुन निर्यात प्रयोजनको लागि आवश्यक कागजात विना निर्यात गर्न लागिएको अवस्थामा फेला पारी उक्त सामान डिलिभर गर्न खटिएका बुढाथोकीलाई पक्राउ गरेको हो ।